खानपान

हरियो तरकारीसंग च्याउ खानुका फाइदाहरू

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो भान्सामा हरियो प्राय: हुन्छ तर च्याउ भने कम भएको हुन सक्छ । हरियो तरकारीसंग च्याउ खाँदा यसको फाइदाहरु धेरै छन् । यसले शरीरलाई स्वस्थ राख्नुको साथै फुड थेरापीको पनि काम गरिरहेको हुन्छ । हरियो सागले मस्तिष्कलाई स्वस्थ राख्नुको साथै आँखाको ज्योति बढाउन समेत राम्रो भूमिका खेल्दछ ।

पोषिलो परिकारले शरीरको रोग प्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेह जस्ता असाधारण रोगको सम्भावना समेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ । आज हामीले यसै कुरालाई ध्यानमा राखेर हरियो साग र च्याउको बारेमा जानकारी पस्कदैछौं ।

नेपालमा रायो, तोरी, फापर, बेथे, मेथी, सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निउरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषक तत्व फरक-फरक छन् । तर, समान रूपमा भिटामिन, खनिज तत्व पाइन्छन् । हरियो सागमा मुटुको रोगदेखि कब्जियतसम्म, पेटको क्यान्सरदेखि गठिया र जोर्नी तथा हड्डीका समस्यासम्म हटाउने क्षमता हुन्छ । मस्तिष्कको क्षमता बढाउन तथा बूढोपनका लक्षण हटाउन सागयुक्त भोजन निकै नै लाभदायक हुन्छ ।

च्याउमा भिटामिन ‘बी’ लगायत विभिन्न प्रकार र खनिजतत्व पाइन्छन् । सेलेनियम, तामा, फस्फोरस, पोटासियम, चिल्लो पदार्थ, कार्बोहाड्रेड भएको च्याउ उच्च कोटिको सब्जी हो । तर, यसमा ऊर्जा स्रोत (क्यालोरी) अत्यन्त कम हुन्छ । टिपेर जम्मा गरेको च्याउमा अल्ट्राभायोलेट (युभी) किरण दिएपछि भिटामिन डी पर्याप्त बनाउन सकिन्छ ।

उच्च रक्तचाप र शरीरको मोटोपन नियन्त्रण गर्न, हड्डी बलियो बनाउने भिटामिन डी पर्याप्त पाउन, शरीरको रोगप्रतिरोधी क्षमता बढाउन च्याउ अत्यन्त राम्रो खाद्यवस्तु हो । हाम्रो खानामा हरियो तरकारीसंग च्याउ मिसाएर खाने बानी बसाल्नु पर्दछ । स्वास्थ्य रहन हामीलाई यस्ता खाना खान आवश्यक छ । हरियो साग र च्याउका फाइदाहरू कस्तो रहेछ जानौं ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

लामो आयु बाँच्न यस्तो खानुपर्छ खाना

स्वास्थ्य जीवनको लागि कर्कलाको साग खानुका फाइदाहरु

हरियो साग खाउँ, निरोगी बनौं

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!