जीवन-दर्शन

धनले मातेको हुन्छ धनी भने पैसा नभएर मातेको हुन्छ गरीव

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिस सुबिधा भोगी हुन खोज्छ तर कालान्तरमा गएर उसले नपाएको दु:ख पाउन थाल्दछ । धनी ब्यक्ति दुखी छन्, शक्तिशाली ब्यक्ति दुःखी छन्, गरीव दुःखी छन् । यहाँ सुखी कोही छैन । थोरै सम्पत्ति छ तर मानिस अझ थप्दै जान थाल्दछ । जति-जति सम्पत्ति थपिदै जान थाल्दछ उति-उति लोभ र लालचले डेरा जमाउदै जान्छ । पैसाको कारण उसको दिमागमा वासना जाग्न थाल्दछ ।

मानिसलाई गलत बाटोमा लाग्ने पनि यहि पैसा रहेछ । मैले यस्ता अनेकौं व्यक्ति देखे जसको पासमा प्रशस्त पैसा छ उसैको सन्तान गलत बाटोमा लागेको छ । पैसामा यति ताकत छ भन्ने घमण्डकै कारण उसले अपराध गर्न थाल्छ । उ गलत माथि गलत गर्दै जान थाल्दछ । आज यौन दुराचारका जति घटना सामुन्ने आए सवै पैसावालाले गरेका आए ।

बदनाम गरीव होइन अमिर हुने गरेको हुन्छ । पैसाले इज्जत पाइने भए आज पैसाको खोलो बगाईदिने थिए । आज कोही पैसा भएर दु:खी छन् भने कोही पैसा नभएर दु:खी छन् । धनीको अपराध देखिएको हुदैन तर अपराधकै कारण उसको जीवन समाप्त भएको हुन्छ ।

हरेक दुःखपछि केही सुख आउने र हरेक सुखपछि केही दुःख हुने कुरा यथार्थ हो यसमा मेरो अनुभव छ । अध्यात्मिक ब्यक्तिहरुले सुख र दुःखलाई धेरै महत्व दिदैनन् । यो संसार नै यस्तै हो । सुख क्षणिक हुन्छ । जहाँ-जहाँबाट हामीले सुःख खोज्छौं त्यहीबाट दुःखको शुरु हुन्छ ।

आउनुस दु:ख होइन सुखको बाटो रोजौं क्षणिक सुखले दुखले दिन सक्छ यसतर्फ सजग रहौं । अध्यात्मिक ब्यक्तिहरुले सुख र दुःखलाई धेरै महत्व दिदैनन् । त्यही भएर उनीहरू धनी व्यक्ति भन्दा धेरै सुखी छन् । एउटा गरिब ब्यक्तिलाई जति मिठो निन्द्रा धनी व्यक्तिलाई नभएको हुन सक्छ । निदाउनको लागि उसलाई लागु पदार्थको साहेता लिनुपर्ने हुन सक्छ ।

हाम्रो जन्म किन भएको हो कसलाई थाहा थियो ? जन्मन्छु भनेर तर जन्म त भयो गलत क्रियाकलाप गर्नलाई पक्कै थिएन तर हामीले यो कुरा बुझ्न सकेनौ र आज हामी दरदरको ठोकर खादै हिडेका छौं । आफ्नो श्रीमती घर हुदाँहुदै परस्त्रीमाथि आँखा पुराएका हुन्छौं । जुन दिनदेखि हरेक महिला दिदी बहिनीलाई आफ्नै आमा दिदी बहिनी मान्न थाल्नेछौं त्यो दिनदेखि हामीले सहि दिशा पत्ता लगाउनेछौं र सहि मार्गमा हिड्नेछौं ।

आज अपराधको दुनियामा गरीव ब्यक्ति होइन धनी व्यक्ति नै लागेको हुन्छ । गलत गरीवले गर्न सक्ने सामर्थ्य हुदैन । देशमा अराजकता गतिविधिलाई भरण-पोषण गर्ने व्यक्ति नै पैसावाला हुन्छ । इमानदार पैसावाला कदापि हुन सक्दैन उसलाई पैसाले अन्धो बनाएको हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

हामी नेपाली गरीव होइनौं धनी छौं

यी ४ राशि हुने मानिस सबैभन्दा धनी हुन्छन्

यी बानीले कहिल्यै धनी बन्न दिँदैनन्, हटाउनुहोस यस्ता बानी र बन्नुहोस् सम्पन्नशाली

यी ५ लक्षणहरु देखिएमा सम्झनुहोस तपाई चाडै धनी बन्नुहुनेछ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!