अन्तर्राष्ट्रिय समाचार

सन् २०१९ र सन् २०१८ को नोबेल साहित्य पुरस्कार विजेताको नाम घोषणा

२३ असोज, काठमाडौं । साहित्य विधातर्फको नोवेल पुरस्कार विजेताको नाम घोषणा गरिएको छ । साहित्यतर्फको सन् २०१९ र सन् २०१८ को नोवेल साहित्य पुरस्कार दुई जनालाई पुरस्कृत गरिएको छ । गत वर्ष यौन उत्पीडन आरोपको बीचमा नै साहित्यको पुरस्कार रद्द गरिएको थियो । सन् २०१८ का लागि साहित्य विधाको पुरस्कार पोल्यान्डकी लेखिका तथा उपन्यासकार ओल्गा टोकारजुकले पाएकी छन् भने सन् २०१९ का लागि अस्ट्रियाका पिटर ह्यान्डकेलाई दिइएको छ।

अस्ट्रियाका ७६ वर्षीय नाटककार तथा उपन्यासकार पिटरलाई भाषिक चतुरताका साथ मानवीय अनुभवको परिधि र विशिष्टताको अन्वेषण गरेबापत यस वर्षको नोवेल पुरस्कार प्रदान गरिएको जानकारी दिइएको छ । गत वर्षको नोवेल पुरस्कार पाएका टोकरजुकले गत वर्ष म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन् ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

सन् २०१९ भौतिकशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

सन् २०१९ रसायनशास्त्रतर्फको नोबल पुरस्कार तीनजना वैज्ञानिकहरुलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!