अन्तर्राष्ट्रिय समाचारविज्ञानसमाचार

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार स्ट्रक्ल्यान्ड, आर्थर र मोरूलाई

१६ असोज, काठमाडौं । सन् २०१८ को भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड, अमेरिकाका डा. आर्थर याश्किन र फ्रान्सका डा. जेरा मोरूलाई संयुक्त रूपमा प्रदान गरिएको छ ।

लेजर फिजिक्सको क्षेत्रमा गरिएका अनुसन्धानका लागि एक महिला सहित तीन वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबल पुरस्कार दिइएको मंगलबार घोषणा गरिएको हो ।  याश्किनले पुरस्कारको आधा राशी अर्थात् आठ लाख ७० हजार यूरोको आधा रकम पाउने र अन्य दुईजनाले बाँकी आधा बाँड्ने नोबेल पुरस्कार समितिले जनाएको छ ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक हुनुभएको छ । सो विधामा नोबेल पुरस्कार पाउने उहाँ तेस्री महिला हुनुहुन्छ । उहाँभन्दा पहिला सन् १९०३ मा म्यारी क्युरीले र सन् १९६३ मा मारिआ गोइप्पर्ट माएरले भौतिकशास्त्रतर्फ सो पुरस्कार पाएका थिए । (एजेन्सी)

यो पनि पढ्नुहोस् 

चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार एलिसन र होन्जोलाई

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!