चिकित्सा विज्ञान

औषधि सेवन गर्दा बुझ्नुपर्ने कुरा

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

औषधिले रोग निको बनाउन ठूलो भूमिका खेलेको हुन्छ । औषधि सेवन गर्ने तरिका यदि सहि छैन भने पनि रोग निको नहुन सक्छ । ६,६ घण्टामा खान दिएको औषधि यदि दिनमा ३ पटक ८ घण्टाको फरकमा खाएको देखिन्छ । यसरी दिएको औषधिले काम नगरेको हुनसक्छ ।

औषधि सेवनकर्ताले औषधि खरिद गर्दा भनेको मात्रामा नै औषधि सेवन गर्ने र गराउने तरिका ठिकसंग नबुझी खान दिएमा यसले फाइदा होइन बेफाइदा बढी हुने गरेको पाइन्छ । फार्मेसीबाट औषधि खरिद गर्दा पुरा बुझेर मात्र औषधि खरिद गर्ने बानी बसाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधीको रुपमा कागतीको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधिको रुपमा बकाइनोको प्रयोग

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

औषधि सेवनमा ध्यान दिनुपर्ने कुराहरु

औषधि बिरामीको उपचारमा सबैभन्दा महत्वपूर्ण मानिन्छ । यदि औषधिको सेवनमा कुनै प्रकारको गल्ती भयो भने यसको सिधा असर बिरामीको स्वास्थ्यमा पर्न सक्छ । त्यसैले औषधि सेवनमा सजकता अपनाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ । तर यो कुरा थाहा हुँदाहुँदै पनि औषधि सेवनमा त्रुटि भइरहेको पाइन्छ ।

यदी तपाईँ कुनै अस्पताल जानुभयो र चिकित्सकले औषधि लेखे भने त्यो कुन औषधि हो ? औषधि प्रयोग गर्ने मिति कहिलेसम्म लेखिएको छ, त्यो औषधिले के कस्ता साईडइफेक्स गर्न सक्छ ? खानापछि खाने कि खाना अघि खाने ? कति दिनसम्म खाने र कति घण्टाको फरकमा खाने भन्ने लगायतबारे बुझ्न जरुरी हुन्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा बिरामीले सेवन गर्ने औषधिको रोल के हो ? अर्थात तपाईँले त्यो औषधि किन खाने, त्यो औषधि खाँदा फाइदा के हुन्छ भन्ने बारेमा बुझ्न जरुरी हुन्छ । जबसम्म एउटा बिरामीले औषधिको महत्व के छ भन्ने कुरा बुझ्दैन त्यस्ता व्यक्तिले औषधि छाड्ने, नियमित नखाने जस्ता समस्याहरु हुन्छन् ।

Like & Follow us on Facebook

कुनै कारण बिना नै सेवन गरिरहेको औषधि बन्द गर्दा केही असर हुन्छ कि हुँदैन भन्ने बारेमा पनि जानकारी हुनुपर्छ । जस्तै: सुगर, प्रेसर लगायत रोगहरुको औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । चिकित्सकको सल्लाह बिना यो औषधिको डोज घटाउने वा बढाउने गर्नुहुँदैन ।

औषधि सेवन गर्दा कुनै अन्य सामान्य समस्याहरु पनि देखिन सक्छन् । जस्तो प्रेसरको औषधि खाँदा खुट्टा सुन्निन सक्छ, खुट्टा सुन्निनु भनेको साधारण समस्या हो यस्तो समस्या देख्ने बितिकै औषधि छोड्नुपर्छ भन्ने छैन । तर बिरामीले औषधि बन्द गर्दा फेरि प्रेसर हाई हुन्छ । औषधि खाँदा समस्या भएको खण्डमा चिकित्सकलाई तुरुन्त जानकारी गर्न आवश्यक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!