जीवनशैलीहेल्थ टिप्स

जुत्तामा मोजा लगाउँदा खुट्टा गन्हाउँने हटाउने उपायहरु

हामी जुत्ता लगाउदा मोजा पनि लगाउने गर्छौ । कसैकसैलाई जुत्ता लगाउँदा गन्हाउने समस्याले सताउने गर्छ । जतिसुकै सफा मोजा लगाउदा पनि खुट्टा गन्हाएर हैरान हुने गर्छन । यो समस्याले मानिसलाई अफिस तथा पाहुना लाग्दा पनि बेस्सरी सताउने गरेको छ । जुत्तामा मोजा लगाउँदा खुट्टा गन्हाउँने हटाउने उपायहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

मानिसका ५ खराव बानीहरु

होशियार ! मोजा विना जुत्ता लगाउने बानी हटाउनुहोस् तुरुन्त

हात खुट्टामा आउने मुसा र यसको उपचार

नुहाएपछि हात खुट्टाको छाला किन चाउरी पर्ने कारणहरु

खुट्टामा औठी लगाउनुको वैज्ञानिक कारण के ?

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

१. बेकिङ सोडा

बेकिङ सोडा खुट्टाको दुर्गन्ध रोक्ने सबैभन्दा सरल र सस्तो उपाय हो । मनतातो पानीमा दुई चम्ची बेकिङ सोडा र कागतीको रस राख्नुहोस् । त्यसपछि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टामा सफा मोजा लगाउनुहोस् । यो हप्तामा कम्तिमा एकपटक गर्नुहोस् ।

२. चियापत्ति

चियापत्तिलाई पानीमा हालेर त्यसमा खुट्टा डुबाएर राख्नुहोस् । यसले खुट्टाको दुर्गन्ध कम गर्न मद्दत गर्छ ।

३. स्याउको भिनेगर

एउटा भाँडामा पानी लिनुहोस् र एक चौथाई कप विनेगर हाल्नुहोस् । त्यसमा १० मिनेटसम्म खुट्टालाई डुबाएर राख्नुहोस् । त्यसपछि खुट्टा पुछेर क्रिम लगाउनुहोस् ।

४. टालकम पाउडर

जुत्ता लगाउनुभन्दा अघि टालकम पाउडर खुट्टामा छर्किनुहोस् । पाउडरले पसिनाको गिलोपनलाई सोस्ने काम गर्छ जसले गर्दा पसिना कम निसकन्छ । जुत्तामा पनि पाउडर छर्केर लगाउन सकिन्छ ।

५. मकैको धुलो

कर्नफ्लोरको उपयोग खुट्टामा नलगाएर जुत्तामा हाल्नुहोस् जसले गिलापन सोस्न मद्दत गर्छ ।

Like & Follow us on Facebook

६. गुणस्तरीय मोजा

मोजा छनोट गर्दा पूर्ण रूपमा कपडाको छनोट गर्नुपर्छ । नाइलन अथवा पोलिष्टर मिसिएको कपडा भएमा तपाइँ खुट्टा पोल्रने र गन्हाउने गर्छ ।

७. डिटोल साबुनको प्रयोग

यदि यी सबै उपाय अपनाउँदा पनि खुट्टा गन्हाउन कम भएन भने पर्याप्त मोजा किन्नुहोस र हरेक दिन खुट्टा र मोजा डिटोल साबुनले सफा गर्नुहोस ।

८. कागती

कागती पानी मिलाएर खुट्टा धोए पनि खुट्टा गनाउने समस्याबाट छुटकारा पाउन सिकन्छ । अझ कागती टुक्रा लिएर खुट्टामा दलेर खुट्टा धोए भने त्यसको असर झन् चाँडो हुन्छ ।

९. नुन

नुनले खुट्टाबाट आउने दुर्गन्धलाई कम गर्छ । मन्तातो पानीमा नुन हालेर खुट्टा केहीबेर राख्नुहोस् र त्यसपछि राम्रोसँग चिसो पानीले धुनुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!