हेल्थ टिप्स

होशियार ! मोजा विना जुत्ता लगाउने बानी हटाउनुहोस् तुरुन्त

मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ । मोजा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा संचेत भई हाल्नुहोस् । अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । मोजाविनै जुत्ता लगाउँदा सजिलो र फेसेनेवल त देखिएला तर, यो बानीले तपाईको स्वास्थ्यमा नकारात्मक असर गर्ने एक अध्ययनले जनाएको छ । ब्रिटेनको कलेज अफ पोडियाट्रीका अनुसार यस्तो फेसन ट्रेनले पुरुषमा फंगल इन्फेक्सनको खतरा बढाउँछ । फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

खुट्टाको उपचार गर्ने विशेषज्ञ एम्मा स्टिफेन्सनका भनाईमा १८ देखि २५ वर्षका पुरुष जुत्तासँग मोजा नलगाउँदा नै आफूलाई फिटिङ र आकर्षक महसुस गर्छन् । तर, यो बानी बिमारीको घर हो । ‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल इन्फेक्सन हुन सक्छ ।’ एम्माका अनुसार अनुसन्धानका क्रममा उनले एक यस्ता किशोरी भेटेकी थिए जो दिनभर कार धुनु काम गर्थे । उनी दिनभर मोजाविनाकै जुत्ता लगाएर काम गर्थे । उसको खुट्टाबाट अधिक पसिना आउने गर्थे । उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

टिन्नी टेम्फा एक प्रसिद्ध मोडल हुन् । उनले स्टाइल सम्बन्धी धेरै पुरस्कार पनि हात पारिसकेका छन् । उनी धेरैजसो मोजाविनाको जुत्तामा मोडेलिङ गरिरहेका हुन्छन् । यति मात्र होईन स्टायलिस देखिनका लागि कयौं संगीतकार तथा गायक पनि विनामोजा नै स्टेजमा देखिन्छन् । युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ । यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्ता मात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।

१. सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

२. जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

३. यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने ।

यो पनि पढनुहोस्

मानिसका ५ खराव बानीहरु

हटाउनुहोस् छालाको सुन्दरता बिगार्ने ४ बानीहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!