खानपान

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

प्राकृतिक चिकित्सामा भान्सालाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।

१. भगवानको भान्सा

प्राकृतिक चिकित्सामा सबैभन्दा ज्यादा प्राथमिकता भगवानको भान्साहरुलाई दिने गरिएको छ । भगवानको भान्सामा भगवानले नै खानेकुरा पकाउने गर्नुहुन्छ । भगवानको भान्सामा पाकेका खानेकुराहरु स्वास्थ्यका लागि सबैभन्दा उत्तम मानिन्छन् । प्रकृतिले हामीलाई जस्तो रुपमा खानेकुराहरु प्रदान गरेको छ त्यहि रुपमा खानु नै भगवानको भान्सा हो । प्राकृतिक रूपमा उपलब्ध फलफूल–सागपात–अनाज–दाल गेडागुडी आदिलाई नपकाई प्राकृतिक रूपमै उपयोगमा ल्याईनु भगवानको भन्सा हो ।

२. मान्छेको भान्सा

भगवानको भान्सामा पाकेको फलफूल सागसब्जी अनाज आदिलाई आगो वा तापको प्रयोग गरी पकाएर खानु मान्छेको भान्सा हो । मान्छेको भान्सामा पाकेको फलफूल सागसब्जी एवम् अनाजहरु स्वास्थ्यको लागि भगवानको भान्सामा पाके जति उत्कृष्ट मानिदैनन । तथापि मान्छेको भान्सामा पाकेका फलफूल एवम् खानेकुराहरु पनि स्वस्थकर हुने गर्दछन् । हामीले परंपरागत रूपमा प्रयोगमा ल्याएको पाक विधि यस भान्सा अन्तर्गत पर्दछ । पाकेको दाल, भात, साग, सब्जी, चटनी, दही, मोही, दुध आदि भगवानका भान्सामा पाकेका खानेकुराहरू हुन ।

३. भूतको भान्सा

भूतको भान्सा अन्तर्गत प्राकृतिक गुण–धर्म नष्ट गरिएका लामो समयसम्म सुरक्षित गरिएका, प्राकृतिक पन नष्ट गरिएका, वासी–सडेगलेका, बोटलबद्घ, बट्टाबद्घ, प्याकेट बद्घ, जङ्कफुड, फाष्टफुड, क्यानफूड, मिलावट गरिएका खाना, रेष्टुरेन्ट एवं होटलको खाना आदिलाई प्राकृतिक चिकित्सामा भूतको भान्सा भनिन्छ । यस वर्गमा विशेषतः व्यापारिक उद्देश्यले तैयार गरिएका खानाहरु पर्दछन् । यी खानेकुराहरूमा शरीरलाई आवश्यक पर्ने कुनै पौष्टिकतत्व हुदैन । यी खाना केवल स्वादको लागि खाने गरिन्छ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

बुद्धि बढाउने खाद्यान्न तथा फलफूलहरू के के हुन् ?

के तपाई फलफूलका बोक्रा फाल्नुहुन्छ ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

घरको छतमा तरकारी खेती गर्ने तरिका

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!