टिप्स

यस्ता जीवनसाथी भएका मान्छे हुन्छन भाग्यमानी

भनिन्छ भाग्यमानीको भुतै कमारो । पति पत्नीमध्ये कसले कसलाई बढी माया गर्छ भन्ने कुरा अक्सर गरेर दम्पतीबीच यस किसिमको बहस चलिरहेको हुन्छ । हरेक दम्पतीले एक अर्कालाई बढी माया गर्ने बताएपनि उनीहरुबीच मनमुटाव हुन्छ र ठाकठुक पर्छ । झैझगडा र बैमनश्यता हुन्छ । दम्पतीको सम्बन्ध सधै सुमधुर र मिठासपूर्ण नभई त्यसमा अनेकौ उत्तारचढाव आउँछ । कहिले उनीहरु अघात प्रेम बर्षाउँछन्, कहिले तितो पोख्छन् । धेरै दाम्पत्य (चक्रमा कहिले घाम, कहिले पानी हुन्छ । यसो भन्दैमा उनीहरुले एकअर्कालाई प्रेम गर्दैनन् भन्ने होइन । प्रेम गर्छन् । प्रेमलाई नाप्ने कुनै ब्यारोमिटर हुँदैन । यद्यपी पति-पत्नीमा कसले, कसलाई बढी माया गरिरहेको छ भन्ने कुरा थाहा पाउन गाह्रो हुन्न । उनीहरुको व्यवहार, बडील्याङ्वेज, मनोभाव आदिबाट यो कुरा दर्शाइरहेको हुन्छ । थाहा पाउनुहोस् यस्ता जीवनसाथी भएका मान्छे भाग्यमानी हुन्छन ।

१. सामिप्यता खोज्ने

पति वा पत्नीमध्ये कसले, कसको बढी सामिप्यता खोज्छ र यसले पनि उनीहरुको मनोभाव बुझ्न सकिन्छ । जसले आफ्नो पार्टनर नजिक हुँदा बढी आनन्दित महसुस गर्छ, जो आफ्नो पार्टनरसँग अनेक वहानाले नजिकिन खोज्छ । स्पर्श गर्न चाहन्छ । पक्कैपनि उनीहरुमा पार्टनरप्रति बढी माया हुन्छ ।उनीहरु बिहे, भोजमा होस् वा घुमघाममा, सिनेमा हेर्न होस् वा पारिवारिक जमघटमा आफ्ना पार्टनरको उपस्थिती खोज्छन् । पार्टनरको अनुपस्थितीमा खल्लो अनुभव गर्छन् ।

२. केयरिङ

हाम्रो मुड सधै एकनास रहँदैन । कहिले खुसी र कहिले दुखी भइन्छ । यस्तो अवस्थाबारे ख्याल राख्ने पार्टनरमा माया हुन्छ । यदि पति र पत्नी दु:खी हुँदा त्यसबारे चासो राख्छ र उनलाई सामान्य अवस्थामा फर्काउने प्रयास गर्छ भने त्यस्ता पार्टनरमा माया हुन्छ । यस्ता पति र पत्नीले आफ्ना पार्टनरको स्वास्थ्य अवस्था के छ, दिनभर के खायो, के खाएन, औषधीको छुट्यो कि भन्नेसम्मका ख्याल राख्ने गर्छन् । त्यतीमात्र होइन, पार्टनरले लगाएको लुगा ठिक छ र छैन, गरेको काम सही छ र छैन भन्ने सम्ममा चासो राख्छन् । पार्टनरलाई जाडो भएको, भोकाएको, थाकेको सबै अवस्थाबारे बुझ्न खोज्ने पति र पत्नी मायालु हुन्छन् ।

३. खुसीको खोजी

पार्टनरको अनुहार सधै हँसिलो होस्, खुसी होस् भन्ने चाह राख्ने पति र पत्नीलाई पनि सकारात्मक मान्नुपर्छ । यस्ता पति र पत्नी पार्टनरको खुसीमा आफ्नो खुसी खोज्छन् । पार्टनरको सुखमा आफु आनन्दाभूत गर्छन् । त्यतीमात्र होइन, पार्टनर के कुरामा खुसी हुन्छन्, के कुरामा रमाउँछन् त्यस्तै वातावरण बनाउने प्रयास गर्छन् ।

४. सकारात्मक भाव

कतिपय दम्पतीमा के हुन्छ भने, पति वा पत्नीले भनेको कुरालाई गलत व्याख्या गर्ने । गलत ढंगले बुझ्ने । यहि कारण उनीहरुमा मनमुटाव भइरहन्छ । यद्यपी पति र पत्नी जो आफ्नो पार्टनरप्रति सकारात्मक भाव राख्छन् । पार्टनरको भावनालाई सम्मान गर्छन् । पार्टनरले बोलेको, भनेको, सोचेको कुरालाई सकारात्मक रुपमा लिन्छन् । यस्ता पति र पत्नीले आफ्ना पार्टनरलाई माया गर्छ ।

५. सहयोगको भावना

अक्सर पति घरबाहिरको काम गर्ने, पत्नीले घरधन्दाको काम गर्ने पारिवारिक संरचना छ हामीकहाँ । घरधन्दाको काम गर्ने, बच्चा हेर्ने, खानपिन पकाउने जस्ता काम पत्नीको जिम्मामा लगाइन्छ । घर बाहिरको काममा पतिलाई अगाडि सारिन्छ । यस्तो अवस्थामा पति र पत्नीले आफ्नो पार्टनरको काम साझेदार गर्छन् भने उनमा अधिक माया हुन्छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

भाग्यमानी युवतीका १२ लक्षणहरु

भाग्यमानी मानिससँग हुने ६ कुराहरु

शरीरको यी ६ अंगहरु ठूला हुने महिलाहरु हुन्छन् भाग्यमानी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!