हेल्थ टिप्स

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरु

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरु । व्यस्तता, भागादौड़ी र तनावग्रस्त जीवन जिउने जो कोही पनि आज गर्दन दुख्ने समस्याले ग्रस्त छन् । गर्दन दुखाई गर्दनको हड्डी खिएर, नसा च्यापिएर कार्टिलेज र मांसपेशीको दुर्वलताको कारणले हुने गर्दछ । यस्तो अवस्थामा गर्दनका मांसपेशीलाई बलियो बनाउने निम्न व्यायामहरु गर्नुपर्ने हुन्छ । यो व्यायाम उभिरहेको, बसिरहेको वा उत्तनो पारेर सुतेको बेलामा पनि गर्न सकिन्छ तर बसेको अवस्थामा गर्दा बढ़ी प्रभावकारी हुन्छ ।

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरू

व्यायाम न. १. दुवै हातले अगाडी र टाउकोले पछाडि ठेल्ने

ढाड कमर गर्दनलाई सीधा राखेर बस्नुहोस। अब दुबै हातका औलाहरू कैची पारेर हत्केलालाई टाउकोको पछाडिपट्टी राख्नुहोस्। हात राखेपछि हातले टाउको लाई अगाडी र टाउकोले हात लाई पछाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.२. दुवै हातले पछाडि र टाउकोले अगाडितिर ठेल्ने

ढाड कमर दर्दं सीधा राखेर बस्नुहोस । अब दुबै हातलाई जोडेर हत्केलालाई निधारमा राख्नुहोस् । हात राखेपछि हातले टाउकोलाई पछाडि र टाउकोले हातलाई अगाडि पट्टी धकेल्नुस् र २० सेकेण्डसम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.३. देब्र हातले दाहिनेतिर र टाउकोले देब्रेतिर ठेल्ने

पूर्ववत अवस्थामै बस्नुहोस र देब्रे हातलाई उठाएर देब्रे कन्चटमा राख्नुहोस् । अब देब्रे हातले दाहिनेतीर ठेल्नुस् र टाउकोले देब्रेतीर ठेल्नुहोस् र २० सेकंड सम्म रोकेर राख्नुहोस् ।

व्यायाम न.४. दाहिने हातले देब्रेतिर र टाउकोले दाहिनेतिर ठेल्ने

पूर्ववत अवस्थामै बस्नुहोस र दाहिने हातलाई उठाएर दाहिने कन्चटमा राख्नुहोस् । अब दाहिने हातले देब्रेतीर ठेल्नुस् र टाउकोले दाहिनेतीर ठेल्नुहोस् र २० सेकंडसम्म रोकेर राख्नुहोस् ।

यी सबै व्यायामहरुलाई ५ – ५ पटक दोहराउनुस् ।

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

चाँडो बुढो हुन नपरोस् भन्नका लागी ध्यान दिनुपर्ने सुत्रहरु

योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!