हेल्थ टिप्स

व्यायाम किन आवश्यक छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

व्यायाम किन आवश्यक छ भन्ने विषय सवैभन्दा महत्वपुर्ण छ ।
व्यायाम को आविष्कार किन भयो कस्ले गरेको थियो भन्ने कुरा पनि जान्न आवश्यक छ । सवैभन्दा पहिले हामीले व्यायामबाट के कस्ता फाइदा उठाउन सकिन्छ भन्नेबारे जान्न सके स्वास्थ्य रहन सहज हुनेछ ।

व्यायाम धार्मिक बिश्वास अनुसार भगवान शिवद्वारा अनुसरण् गरिएको पद्धति हो भनिएको छ । योगको प्रभावले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने राम्रो भुमिका खेल्दछ । यही प्रक्रियालाई योगको नाम दिइएको छ ।

यो पनि पढ्नुहोस्

व्यायाम र बिश्राम ब्यस्थापनद्वारा मुटु रोगको उपचार

शारीरिक व्यायाम के, किन र कसरी ?

गर्दन दुख्दा गर्नुपर्ने व्यायामहरु

पलेटी कसेर खाना खानुका फाइदाहरु

मधुमेह र यसको दीर्घकालीन उपचार

हाम्रो आन्तरिक फोहर सफा गर्नमा योगको राम्रो भुमिका देखिन्छ । हाम्रो मनमा उठेका अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पत्ति र लय भइरहेको हुन्छ । आफूभित्र रहेको रोगलाई योगको माध्यमबाट हटाउन योगले ठूलो मद्दत गरेको पाइन्छ ।

योगद्वारा हामीले आफ्नो स्वास्थ्यमा ठूलो परिवर्तन गर्न सक्नेछौं । योग पशुपन्छिले समेत गरेको हुन्छ । योगले मानिसलाई स्वस्थ जीवनका लागि ठूलो योगदान गर्छ । शारीरिक स्फूर्ति र मनोवैज्ञानिक रुपमा पनि योगले मानिसलाई परिवर्तन गराउने विश्वास गरिन्छ ।

आज मानिस यति धेरै व्यस्त छन् कि खान समेत फुर्सद छैन तर योगलाई समय दिन सकेको खण्डमा स्वास्थ्य लाभ हुने देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्ती स्वस्थ्य हुनको लागी शारीरिक, मानसिक, सामाजिक र अध्यात्मिक स्वस्थ्यताको आवश्यकता पर्दछ यो सवै प्राप्त गर्न योगले महत्वपूर्ण भूमिका खेलेको छ ।

मान्छेको आवश्यकता खाना मात्र होइन । न त काम मात्र गर्नु नै हो । न त जे मन लाग्छ तै गर्नु नै हो । तपाई मोटो हुनुहुन्छ भने व्यायाम तपाईको हितकारी साथी अवस्य हुनेछ र तपाई युवा हुनुहुन्छ भने पनि तपाईलाई यो राम्रो मित्र हुन सक्छ ।

Like & Follow us on Facebook

हामी सवैभन्दा बुद्धिजीवी प्राणी अन्तर्गत परेर पनि पशु जति हामीमा बुद्धि नभएको देखिनु आफैमा अनौठो भएको छ । योग साधना पशुपन्छिले समेत गरेको हामीले देख्न सक्छौं । योग र साधना गर्ने व्यक्तिको आयु समेत बढ्ने हुनाले योग गरौं भन्ने हाम्रो परामर्श छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!