स्वास्थ्य

महिनावारीको समयमा महिलाले ध्यान दिनुपर्ने कुराहरु

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका हर्मनहरुको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिलाका लागि प्रसव पछिको पीडा महिनावारी हो । धेरैजसो महिलाहरु महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन् । महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ । यो समयमा महिलाहरुले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ । महिनावारीको समयमा महिलाले ध्यान दिनुपर्ने कुराहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस् 

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

यी देशमा महिनावारीका बेला महिलालाई विदा दिइन्छ

महिलाहरु पुरूषबाट यस्तो अपेक्षा गर्छन्

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

कुरिलो खानुका फाइदाहरु

मानिसलाई ज्वरो कसरी आउँछ ?

१. यौन सम्बन्ध

महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन किनकी महिनावारीको समय यौन सम्पर्र्क राख्दा निकै कष्टदायी हुन्छ । साथै त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ । महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोचाइ छ । तर विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ।

२. भोकको बेवास्ता

महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानुपर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुने गर्छ, त्यसैले यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ ।

३. कडा शारीरिक श्रम

महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ, त्यसकारण यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन ।

Like & Follow us on Facebook

४. प्याडको प्रयोग

महिनावारीका बेला हरेक ३-४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ । यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ । उक्त कपडा पनि ३-४ घन्टामा परिवर्तन गर्नु पर्दछ । यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ ।

५. कसिलो कपडा

महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनुपर्छ किनकी यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ र शरीरमा चिड्चिडापन हुन दिदैँन ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!