धर्म-सस्कृति

यस्तो छ माघे सङ्क्रान्ति र यसको महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

प्रत्येक वर्षको माघ १ गतेका दिन माघे सङ्क्रान्तिलाई नेपालका विभिन्न जातिहरुले ठूलो चाडका रुपमा मनाउने परम्परा चलिआएको छ । मकर सङ्क्रान्ति शब्दको सामान्य अर्थ एउटा ठाँउबाट अर्को ठाँउमा जानु अर्थात एउटा अर्कासँग मिल्नु हुन्छ । यसको इतिहास लामो छ ।

यसरी जुन दिन सूर्य एक राशीदेखि अर्को राशीमा प्रवेश गर्छ त्यस दिन मकर सक्रान्ति अर्थात माघे सक्रान्ति मनाइन्छ । जव सूर्य छ महिना दक्षिण कर्कट राशीमा बसेर उत्तरतर्फ फर्की मकर राशीमा प्रवेश गर्दछ त्यस दिन मकर सङ्क्रान्ति भनेर परापूर्वकालदेखि नै मनाइने गरेको पाइन्छ ।

प्राचीन कालमा देवकीले श्रीकृष्णजन्मका लागि यसै दिन व्रत्त लिएको पौराणिक कथामा उल्लेख भएकाले यस चाडको महत्व झन बढेकोमा विश्वास गर्दै दुर्बासा क्रृषिको आज्ञाअनुसार कृपाचार्यकी पत्नी कृपीले यसै दिन ब्रत्त गरी मनोवाछित फल पाएको प्रसङ्ग शास्त्रमा उल्लेख गरेको पान्छ।

स्वास्थ्यदायक सूर्य वायु र जलदेवताको पूजाका साथै अखण्ड सुख सौभाग्य धनधान्य र सन्तति प्राप्तिका लागि कृष्ण र यसोदाको पूजा गर्ने चलन पनि पाइन्छ । माघे सङ्क्रान्तिमा सूर्य मकर राशीबाट कुम्भ राशीमा प्रवेश हुने भएकाले स्नान गरेमा शरीरमा रोगब्याधी हट्ने महत्व रहेको धर्मशास्त्रमा उल्लेख गरेको छ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!