घरेलु उपचार

छाती किन दुख्छ ? यस्तो छ यसको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

छाती दुख्ने समस्या आजकाल हरेक दुईमा एकलाई हुने गरेको पाइन्छ । यसलाई हेलचक्राई गर्दा ज्यान समेत जान सक्छ । अधिकांश केसहरू हृदय रोगसंग रिलेटेड हुने हुनाले छाती दुख्ना साथ डाक्टरको परामर्श लिएर उपचार गराई हाल्नु उपयुक्त हुन्छ ।

हृदयाघातका अधिकांश केसमा छातीको देब्रे भागमा बेस्सरी पीडा हुने गर्छ । जबकि अन्य कारणले छाती दुखेमा छातीको दायाँतर्फ अधिक पीडा हुने गर्छ । आवश्यकभन्दा बढी कसरत गर्नु, पेटमा जलन, अपच वा पेट सम्बन्धी अन्य थुप्रै समस्याका कारण पनि छाती दुख्ने गर्छ ।

छाती दुख्ने समस्या पनि व्यक्तिपिच्छे फरक हुने गर्छ । कसैलाई थोरै समयको लागि छाती बेस्सरी दुख्ने गर्छ भने कसैलाई लामो समयसम्म छाती हल्का दुख्ने गर्छ । हृदयाघात बाहेक अन्य समस्याका कारण छाती दुखेमा त्यसले गम्भीर समस्या भने खासै निम्त्याउँदैन ।

हृदयाघात, एन्जिाइना, मुटुको धमनीमा अवरोध सिर्जना भएमा, पेरीकार्डिटिस, मुटु सुन्निएमा, कार्डियोमायोपैथी, मुटुको मांसपेशीमा समस्या भएमा वा मुटुको धमनीमा घाउ भएमा पनि छाती दुख्ने गर्छ । त्यस्तै, ब्रोन्काइटीस, निमोनिया, प्लूरिसी, न्यूमोथारेक्स, ब्रोकोस्पास्म वा वायु नली संकुचित हुने लगायतका फोक्सो सम्बन्धी समस्या भएमा पनि छाती दुख्ने गर्छ ।

एन्जाइनाको कारणले छाती दुख्ने गरेमा यस्को पहिचान गरेर उपचार गर्न सकियो र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन सकियो भने त्यसले हर्ट एट्याक हुनबाट बचाउन सक्छ । साथै ग्यास्ट्रिक, अल्सरका कारणले पनि छातीपछि गएर क्यान्सरमा परिणत हुने, खाना जाने नलि प्वाल पर्ने, रक्तस्राव भएर रक्तअल्पता हुने आदि समस्या आउन सक्छ ।

आजको लेखमा छाती दुख्ने रोगको लागी हामीले भान्साको औषधिबाट कसरी उपचार गर्ने भन्नेबारे प्रकाश पार्दैछौं । यस्ता कतिपय औषधिले समयमा मानीसको ज्यान बचाउन सक्छ । सामान्य छाती दुख्दैमा ठूलो उपचार गर्नुपूर्ब भान्सामा हुने औषधिको प्रयोग फस्ट यडको रूपमा चलाएर हेर्नु पर्दछ ।

छाती दुख्ने समस्यामा प्रयोगहुने औषधि यस्ता छन्

१. लसुन औषधीय गुणले भरिपूर्ण छ । मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ । यसले हृदयमा प्रभावकारी रूपमा रक्तप्रवाह गर्न मद्दत गर्छ । विशेषगरी मुटुमा रक्तसञ्चार राम्ररी नभए कार्डियोभास्कुलर समस्या हुने सम्भावना बढ्छ, जसका कारण छाती दुख्ने गर्छ । खाली पेटमा एक वा दुई पोटी लसुन दैनिक सेवन गरेमा छाती दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२. हर्बल टीको सेवनले पाचन तन्त्रमा आराम दिलाउँछ । यसले छाती दुख्ने समस्या कम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

३. वेसारमा भरपूर मात्रामा करक्यूमिन पाइन्छ । यसको सेवनले कोलेस्ट्रोल कम गर्न, रगत जम्न तथा धमनीको अवरोध कम गर्न मद्दत गर्छ । यसको लागि एक गिलास दूधमा आधा चम्चा बेसारको धुलो मिसाएर पिउनाले दुखाइ कम हुन्छ ।

४. तुलसीको प्रयोगले हृदयसम्बन्धी रक्त विकार कम गर्नुका साथै छातीको दुखाइ कम गर्न समेत मद्दत गर्छ । यसको लागि आठदेखि १० पत्ता तुलसीलाई यसै पनि चपाउन सकिन्छ वा चियाको रूपमा पनि सेवन गर्न सकिन्छ ।

५. खोकीको कारणले गर्दा छाती दुख्ने समस्या भएमा तुलसी, अदुवा एवं महको प्रयोग गर्दा आराम पाउन सकिन्छ ।

नोट : छाती दुख्नुलाई सामान्य रूपमा हेर्नु गलत हुनेछ । छाती दुख्नासाथ डाक्टरको परामर्शमा उपचार गर्ने बानी बसाल्नु पर्दछ ।

यो पनि पढनुहोस्

बाथ रोग र यसको उपचार

वाथ, जोर्नी दुख्ने समस्याको सफल उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!