अन्तर्राष्ट्रिय समाचार

योगगुरु बाबा रामदेवको अँगालोमा रहेकी महिलाको तस्विर बन्यो भाइरल

१८ मंसिर, काठमाडौ । योगगुरु बाबा रामदेवको अँगालोमा रहेकी महिलाको तस्विर बन्यो भाइरल ! प्रसिद्ध भारतीय योग गुरु रामदेव एक अधबैसे महिलासँग बेडमा बसेर अंकमाल गरेको एउटा तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनको त्यो तस्विर आपत्तीजनक अस्थामा नदेखिए पनि त्यो स्थान भने सामान्य मान्न सकिन्न, यो तस्वीरको लोकेसनलाई असामान्य मानिएको छ ।

रामदेवले कुनै मानिससँग बस्न सक्छन तर उनले लिएको अंगालोलाई नेपाली र भारतीय संकारमा पचाउन नसक्ने अवस्थाको भन्दै  सामाजिक सञ्जालमा आलोचना गरिएको छ । नेपाली महिलासँग खिचिएको यो तस्बिर बेडरुममा खिचिएको भएकाले पनि शंकास्पद मानिएको छ ।

कतिपय भारतिय बाबा र गुरुहरुको रामलीला बेला–बेलामा बाहिर आए पनि रामदेवको भने यो पहिलो हर्कतको तस्विर बाहिर आएको हो । यो तस्वीर प्रयोग गरेर लोकहित एक्स्प्रेस लगायतका भारतीय सञ्चार माध्यमले समाचार प्रकाशन गरेका छन् ।

तर, सामाजिक सञ्जालमा भाइरल बनेको उक्त तस्बिरको तथ्य भने फरक रहेको आजभन्दा २ वर्षअघि नै रामदेवले स्पष्ट पारेका थिए ।‘बेडरुममा नेपाली महिलासँग खिचिएको तस्बिर’ भनिएको भएपनि उक्त तस्बिर एक क्यान्सर विरामीको भएको जनाइएको छ । उक्त तस्बिरबारे भारतमा भाइरल भएपछि दुई वर्षअघि अर्थात् २६ नोभेम्बर २०१४ मै रामदेव स्वयंएले यो तस्बिरबारे बोल्नु परेको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!