Breaking Newsराष्ट्रिय समाचारसमाचार

आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त

काठमाडौं, शनिबार, १८ मङि्सर । आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त ! त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)को नयाँ डीनमा  डा. जगदीश अग्रवाललाई  नियुक्त भएका छन्। अग्रवाल वरिष्ठत्म  प्राध्यापक हुन् भने मेडिकल शिक्षामा विज्ञको रुपमा चिनिन्छन् ।

आज शनिबार बिहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा त्रिवि कार्यकारी परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो । वरिष्ठताका आधारमा आइओएमको डिनमा नियुक्ति गर्नुपर्ने माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीले पनि आजै अनसन तोड्ने भएका छन् ।

सरकारले नियम विपरीत वरिष्ठता डीन बनाएपछि डा. गोविन्द केसी अन्सनमा बसेका थिए । यसअघि कात्तिक २८ गते त्रिवि उपकुलपति कार्यालयले आइओएमको डीनमा प्रा.डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेको थियो । डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए ।

यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएका छन्। सो क्रममा उनले अन्सन तोड्न आग्रह गरेका थिए। मन्त्री थापासँग डा. केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गर्दा त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!