साहित्य-कला

रोपौ यो देशमा एक मायाँको बीऊ

रोपौ यो देशमा एक मायाँको बीऊ

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

म खोजेर नै पो ल्याऊँ कि त कहिँ यो धराबाट !
कतै छ की शान्ति अनि एकताको नै एक बोट !!
कि बीऊ नै म छरौँ या रोपौँ एउटा शान्ति फल्ने !
एकता र मैत्रीको भाव नै झलमल भएर बल्ने !!१!!

किन हो कतै नि देखिदैन मुटुमा यो देशको मायाँ ?
त्यो सत्ताको कुर्सीलाई नै राखेको त्यो ठाऊँबाट ?
यो देश भन्दा ठुलो त कुनै कुरा पनि जगतमा छैन !
किन सत्ता धारीको मनमा यो कुरा कहिले छिर्दैन् ?!!२!!

यो देश रहे पो रहला नि शान मान पनि त तिनको !
नत्र त कसो गरी रहला र पहिचान पनि त तिनको !!
छिमेकीलाई पर्दा मैत्री भावको हात मात्र तिमी देऊ !
आपत बिपत पर्दा तिमी लौ सहयोग पनि देऊ !!३!!

तर तिमी यो आफ्नो देशको मन पेट खोतल्न नदेऊ !
देशको यो शान,मानलाई कस्तुरी झैँ नै लुकाइ देऊ !!
यो देश हाम्रो ढुकुटी हो धनको भण्डार पनि हो हाम्रो !
यसको शान, मान र इज्जत राखे पो बढ्छ शान राम्रो !!४!!

कला र संस्कृतिको त यहाँ एक सुन्दर धरोहर नै छ !
देवल, सत्तल मन्दिरहरुको कथा पन मनग्यै पो छ !!
यो देवताले पन कृडा गर्दै हिँड्ने हाम्रो आड्गनीमा !
कसरी कलह हरपल भयो; लडाई फल्यो घर घरमा ?!!५!!

यो शिरको हो शोभाहाम्रो हिमालै हिँउँले छ जगमग !
सुनाखरी यी पाहाड भरी र गुराँस चाँपले छन मगमग !!
घोरल कस्तुरी डुली हिँडने यो तराईको हरियो बनमा !
खोला नाला अनि नदि कोशी कल कल छन आँगनमा !!६!!

मिलेर हामी अब हलो जोतौँ ज्ञान अनि यहाँ विज्ञानको !
युवाहरुलाई अभिभारा दिऊँ यो देशको स्वाभिमानको !!
अग्रजले आफ्नो ज्ञानको पोल्टो यो देशमा फिँजाऔँ !
नारी पुरुष सामान रुपमा सम्मानले अघाडी हामी बढौँ!!७!!

देशका प्रतिनिधिले यो देशको गरिमा र शान मान बढाऔँ !
संसारमा यो देशको सुन्दर संस्कृतिको वर्णन हामी गरौ !!
यो हिमालको काखमा यसरी बसेको सुन्दर हाम्रो देशको !
पानी, सुन, चाँदी, हिरा र खानीले सम्बृद्द हाम्रो मुलुकको !!८!!

यो पुर्खाको पसिना र रगतले जोगाएको हाम्रो हो मुलुक !
यहाँ नाला पानीमा कैयौँ ढुग्गाहरु छन सहिदको भेषमा !!
यो बाँच्नलाई बालक, युवाले रगतको पिडा कति हो छरेर !
छाडेर गएका हामीलाई; मिलेर बाँच है नेपाली सबै भनेर !!९!!

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!