साहित्य-कला

कर्णाली र मधेसको भोक

कर्णाली र मधेसको भोक

Shobha Kafle Khatiwada
शोभा खतिवडा काफ्ले

 

 

 

 

 

 

 

 

 

कतै झलमलै छ यहाँ आकासमा तारा झैँ घरमा त्यो दिप !

कतै मखमलै छ यहाँ हर ओछ्यानका मलमलहरुका बिच !!

कतै केहि छैन छ अँध्यारो केवल अँध्यारो हर घर घरमा !

कतै मनका रहरै भोका छन भोकाएका पेटका पिडा भरमा !!१!!

 

कतै कर्णालीमा आँशु पेटको भोकले झर्छन हरदम नै !

कतै लेखमा त्यो नाड्गो शरिर काम्दछ थरथर मन रुँदै !!

कतै खेतमा धानका बाला झुल्छन लहलह मन हँसाउँदै !

कतै कोदो, फापर, जौ मात्र पाक्दछन छ महिना पो रुँदै !!२!!

 

कतै मनका हरेक महल भित्र छन दनदनी छन मनका धन !

कतै दैनिक ज्यालादारी भोक मेटाउन कुद्छन रण झैँ बन !!

कतै शहरका सात तारेमा पाँचतारे भोजन पनि नमिठो पन !

कतै निर्मम छन लाला बाला नाड्गा आँड र भोको छ तन मन् !!३!!

 

कर्णालीमा हरेक मनको रहर छ पेटमा चामल पो कसरी भरौँ  ?

मधेसमा मनको रहर यो कस्तो देशको भूभाग नै चिरा पो बनाऊँ !!

मनका भाका यसै बोल्छन कसरी होला यो जीवनलाई सजाऊँ ?

देशको शान र मान रक्ष्यार्थ बरु म यो प्राण नै बलिदान पो गरौँ !!४!!

 

शोभा खतिवडा काफ्ले साहित्यकार, सामाजिक अभियन्ता तथा  श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!