घरेलु उपचार

आँखा चिलाउने समस्याको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आँखा चिलाउने समस्याको घरेलु उपचार । अब मौसम परिवर्तन हुदैछ । आँखा चिलाउने समस्या धेरैलाई हुने गरेको पाइन्छ । यस्तो समस्या देखिएमा के गर्ने भन्ने कुरा जान्न आवश्यक छ । कंजंक्टिवाइटिस धेरै प्रकारको हुन्छन् । तीमध्ये एलर्जीक, जीवाणु र भाइरस अलि धेरै मात्रामा पाइन्छ भाइरस चाँही एलर्जी र जीवाणुको तुलनामा अलि धेरै हुन्छ । साथै, आँखामा संक्रमण हुदा एउटा आँखाबाट सुरु हुन्छ र सुरु भएकै केही दिनमा अर्काे आँखालाई पनि असर गर्न सक्छ ।

आजकाल यो समस्या प्राय: धेरैलाई हुने गरेको पाइन्छ । यो खासगरी एलर्जीक प्रमुख मानिएको छ । यस्ता समस्या देखिएमा प्राथमिक उपचार जान्न सके समयमा यस्तो समस्याबाट आफुलाई बचाउन सकिनेछ । आजको लेखमा पाठकलाई यसै विषयमा प्रकाश पार्नेछु। आँखा चिलाउने समस्या खासगरी आँखा फोहर भएर हुने समस्या हो ।

आँखा रातो हुने पाक्ने जस्ता समस्या देखिएमा राम्रो उपचारको आवश्यक हुन सक्छ । आँखा चिलाएमा आँखा बढी मिच्दा अन्य समस्या देखिन सक्छ । आँखा पाक्ने समस्या देखिएमा यसका अन्य कारणहरूमध्ये युभेटिसले गर्दा पनि आँखा रातो हुने समस्या देखिन सक्छ । यस्तो समस्या देखिएमा सामान्य सम्झेर घरमा बस्नु हुदैन । आँखा उपचार केन्द्रमा सम्पर्क राखी हाल्नुपर्छ ।

आजको लेखमा कहिलेकाहि घरेलु उपचारबाट पनि यस्तो समस्या हल हुन सक्छ । आँखा चिलाउनु पानी बग्नु जस्ता समस्या देखिएमा फिड्करी पानीले आँखा धुनाले आँखा सम्बन्धीत समस्या हल हुन सक्छ । मेरो बुबाले ७९ बर्षको हुदासम्म नियमित फिड्करी पानीले आँखा धुने गर्नु हुन्थ्यो । रोचक कुरा उहाँले चस्मा नलाई पुस्तक पढ्नु हुन्थ्यो ।

आँखा चिलाउने समस्या पनि फोहरको कारणले हुने गरेको हुन्छ । नियमित आँखा सफा गर्नाले भविष्यमा यस्तो समस्या कसैलाई नहुन सक्छ । कतिपयले आँखा उपचार गरेर पनि आँखा चिलाउने समस्या हल नभएपछि मैले दिएको परामर्शबाट थुप्रैले फाइदा उठाउनु भएको छ ।

मैले आफै पनि फिड्करीबाट थुप्रै फाइदा उठाएको छु । म भैरहवा आँखा हस्पिटलमा आँखा चेक गराउन गएको थिए त्यहाँ अश्रुनली ब्लक भएको हुनाले सानो अप्रेसन गर्नपर्छ भन्नु भएको थियो आँखाबाट पानी ज्यादै बगेको हुनाले केहि दिन फिड्करी पानीले आँखा धोएपछि यो समस्या हल भएको थियो ।

फिड्करी पानी बनाउने तरिका 

१. १/१००० भाग पानी राख्ने या थोरै फिड्करीमा धेरै पानी राखेर पकाउने पाकेको पानी सेलाएपछी दिनमा २ पटक यो पानीले आँखा धुने गर्नाले आँखा चिलाउने, चिप्रा लाग्ने, आँखाबाट पानी बग्ने, आँखा मधुरो देख्ने सबै समस्या हल हुन्छ ।

नोट : हाम्रो शरीरको महत्वपूर्ण अंग भनेको आँखा हो । आँखा पाकेमा समयमा उपचार गराउनु उपयुक्त हुन्छ । सामान्य उपचारको रूपमा यसलाई प्रयोग गर्न सकिन्छ । फिड्करी पानीले आँखा धुनाले कुनै पनि प्रकारको असर हुदैन ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी घरेलु औषधिहरु

 यस्ता छन् जडिबुटीबाट बनेका अर्गानीक हर्वल खाद्यान्नहरु

 दमको सफल उपचार (Successful Treatment of Asthma)

 यस्तो छ सफलताको रहस्यको सुत्र, अपनाएर उठाउ फाइदा

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!