लेखहरु

नेपालका रमन म्याग्सेसे पुरस्कार बिजेताहरु

नेपालका रमन म्याग्सेसे पुरस्कार बिजेताहरु। यो पुरस्कार एसियाका व्यक्तिहरू एवं संस्थाहरूलाई तिनिहरुको आफ्नो क्षेत्रमा विशेष रूपबाट उल्लेखनीय कार्य गरेकोमा प्रदान गरिन्छ। यसलाई प्राय: एसियाको नोबेल पुरस्कार पनि भनिन्छ। यो रमन म्याग्सेसे पुरस्कार फाउन्डेशनद्वारा फिलिपिन्स का भूतपूर्व राष्ट्रपति रमन म्याग्सेसेको सम्झनामा दिइन्छ। यो पुरस्कार न्यूयोर्क स्थित “रकफेलर ब्रदर्स फण्ड” का गुठियारहरू द्वारा सन् १९५७ मा स्थापित गरिएको हो।

१. महेशचन्द्र रेग्मी – रमन म्याग्सेसे पुरस्कार विजेता 1977

mahesh-chandra-regmi

सन् १९७७ रामोन म्यागसेसे पुरस्कार पाउने पहिलो नेपाली रेग्मीसँग नेपालको इतिहासका दुर्लभ दस्तावेजहरू  थिए । जनताका जीवन-संघर्षका इतिहास लेख्ने महेश चन्द्र रेग्मीको साहसलाई सराहना गर्नैपर्दछ ।  सन् ५० को दशकको अन्त्यतिर नेपालमा अङ्ग्रेजी प्रकाशनहरू थोरै थिए । विदेशी नियोगहरू नेपालबारे जानकारी दिने सामग्री पाउँदैनथे । त्यही खाँचो पूरा गर्न सेप्टेम्बर १९५७ मा साप्ताहिक नेपाल प्रेस डाइजेष्ट शुरु गर्नुभयो । विदेशी नियोगहरूले डाइजेष्ट, रिपोर्टहरूका ग्राहक बनेर रेग्मीलाई हौसला प्रदान गरे ।  उहाँका किताबहरू  नेपालका विभिन्न चरणका आर्थिक अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री, इतिहासकार र राजनीतिशास्त्री सबैका लागि सन्दर्भ सामग्री भए ।

२. भारतदत्त कोइराला – रमन म्याग्सेसे पुरस्कार विजेता 2002

bharat-dutta-koirala

भारतदत्त कोइराला नेपालका बरिष्ठ पत्रकार हुन। यिनले सन् २००२ मा रमन म्याग्सेसे पुरस्कार पाएका थिए। नेपालमा अडियो टावरको सुरूवात गर्ने, नेपाल प्रेस इन्स्टिच्यूट स्थापना गरी मिडियाको अनौपचारिक शिक्षा सुरू गर्ने, नेपाल टेलिभिजनको स्थापना गराउने आदि कार्यमा यिनको महत्त्वपूर्ण योगदान रहेको छ।

३. डा. सन्दुक रुइत – रमन म्याग्सेसे पुरस्कार विजेता 2006

dr. sanduk ruit

डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। अमेरिकाको गैरनाफामुुलक संस्था एसिया सोसाइटीले रुइतलाई २०१६ ‘एसिया गेम चेन्जर्स’ अवार्ड दिने निर्णय गरेको छ। न्यूयोर्क टाइम्सले नेपालका डा. सन्दुक रुइत विश्वकै दुलर्भ आंखा डाक्टर भएको उल्लेख गरेको छ।

४. महावीर पुन – रमन म्याग्सेसे पुरस्कार विजेता 2007

mahabir-pun

महावीर पुन नेपालको ग्रामीण भेकमा सूचना प्रविधि पुर्‍याउने समाजसेवी हुन्। यिनले सन् २००७ को रमन म्याग्सेसे पुरस्कार प्राप्त गरेका थिए। पुन म्याग्दी जिल्लाको राम्चे गा‍‌विस अर्न्तगत वडा न २ नाङ्गी गाउँमा जन्मेका हुन्। पुनले निजी खर्चमा म्याग्दी जिल्लाका विभिन्न दुर्गम गाउँहरूमा इन्टरनेट इमेलको पहुँच पुर्‍याएका छन्। महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले प्रयाप्त सहयोग नगरेपछि चन्दा सङ्कलनमा जुटेका छन् ।

५. शक्ती समुह (सुनिता दनुवार) – रमन म्याग्सेसे पुरस्कार विजेता 2013

शक्ती समुह (सुनिता दनुवार)

शक्ती समुह नेपाली चेलीहरूलाई वेश्यालय पुग्नबाट रोक्ने र वेश्यालय पुगेकाहरूको उद्धार र पुनस्र्थापना गर्ने सामाजिक सस्था हो । १४ वर्षको उमेरमा वेश्यालयमा पुगेकी सुनिता दनुवार यस संस्थाकी अध्यक्ष समेत हुन्। यो संस्थाको प्रमुख उद्देश्य भारतका विभिन्न वेश्यालयमा बेचिएका नेपाली चेलीहरूको उद्दार गर्नु र चेलीबेटी बेचबिखनविरुद्ध काम गर्नु रहेको छ। सन् २०१३ को रमन म्याग्सेसे  पुरस्कार उनको सस्थाले पाएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!