अचम्मको संसार

रोजीरोजी दुलही किन्न पाइने देश बुल्गेरिया

एजेन्सी, ४ मंसीर  । रोजीरोजी दुलही किन्न पाइने देश बुल्गेरिया ! आजको २१ औ शताव्दीमा यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । दुलही किनबेच हुने बजार लाग्दै आएको बुल्गेरियाको स्टारा जागोर नामक शहरमा हरेक ३ वर्षमा यस्तो बजार लाग्ने गर्दछ । यो प्रचलन एउटा सस्कारको रुपमा स्थापित भएको छ ।

जुन अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । यो बजारमा बुल्गेरियाको आदिबासी कलाइदझी समुदायका युवायुवतीहरुमात्र सहभागी हुन्छन् । उक्त समुदाय बाहेक अरुले दुलही किन्न पाउँदैनन् । सो बजारमा गएर विवाह गर्न योग्य पुरुषले आफ्ना लागि दुलही छान्न सक्छन् । त्यसका लागि सम्बन्धित परिवारले तोकेको मुल्य तिरेपछि आफुले रोजेकी दुलही पाउँछन् । विवाह गर्न सजिलो होस भनेर यस्तो मेलाको आयोजना गरिएको हो ।

उक्त बजारमा उपलब्ध दुलहीहरु सजिसजाउ भएर पुग्छन् भने दुलही किन्ने दुलाहले सम्भव भएसम्म आफु समानको अन्यथा आफू भन्दा २ देखि ५ वर्षसम्म कम उमेरकी दुलही मात्र किन्न सक्छन् । दुलही किन्ने यो मेलामा दुलाहा दुलही दुवैको परिवार उपस्थित हुनुपर्दछ । दुवैले एक अर्कालाई मन पराउने पर्ने सर्त हुन्छ । त्यसपछि दुलही छानिन्छ, छानिएकी दुलहीको मूल्य तोकिन्छ र उनीहरुको विवाहको तिथि तय गरिन्छ ।

स्रोत : डेलीमेलको सहयोगमा

1

 

 

 

 

 

 

 

2

 

 

 

 

 

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!