अन्तर्राष्ट्रिय समाचारमुख्य समाचार

डा. सन्दुक रुइतले पाए भारतीय राष्ट्रपतिबाट पदमश्री पुरस्कार

२० चैत, काठमाडौं । नेपाली वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट पदमश्री पदक पाएका छन् । कम शुल्कमा मोतीविन्दूको शल्यक्रिया गरी १ लाख भन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका रुइतलाई भारतले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पदक दिने घोषणा गरेको थियो ।

अघिल्लो वर्ष भारतले यही पदक माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई प्रदान गरेको थियो । पदमश्री पदक भारत सरकारले दिने प्रतिष्ठित पदकमध्ये एक मानिन्छ । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने विभिन्न देशमा उनले दिएको तालिम र प्रविधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् । यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!