अन्तर्राष्ट्रिय समाचारमुख्य समाचार

चीनको तिंङगङ–१, स्पेश स्टेशन प्रशान्त महासागरमा खस्यो

एजेन्सी, २० चैत । चीनले अन्तरिक्षमा पठाएको तिंङगङ–१ स्पेश स्टेशन सोमबार १२.१५ बजे दक्षिण प्रशान्त महासागरमाथि निस्कृय भई खसेको वैज्ञानिकले बताएका छन् । दक्षिण महासागरभन्दा माथि वायुमण्डलमा आइपुगेर स्पेश स्टेशन जलेर नष्ट भएको थियो ।

सन् २०११ मा अन्तरिक्षमा पुगेको त्यस स्टेशनले सन् २०१६ सम्म काम गरेको थियो । त्यो स्पेश स्टेशन कक्षको अनुसन्धान गर्न चीनले अन्तरिक्षमा पठाएको थियो । चीन, यूरोप र अमेरिकाले निगरानी गरिरहेको त्यो स्पेश स्टेशन पृथ्वीसम्म आइपुग्न सक्ने आशंका गरिएको थियो । अमेरिकाका वैज्ञानिकहरुले अक्षांश विश्लेषण प्रविधिको सहायताबाट त्यस स्पेश स्टेशन दक्षिण प्रशान्त महासागरमाथि निस्कृय भएको थाहा पाएको बताएका छन् ।

३२ फिट लामो तिंङगङ–१ स्पेश स्टेशन कक्षभन्दा बाहिर गएर कमाण्ड लिङ्कबाट टाढिएको थियो । सामान्यतया स्पेश स्टेशनले काम गर्न छाडेपछि त्यसलाई निश्क्रिय पार्न वैज्ञानिकहरुले अन्य यन्त्रको सहायता लिने गरेका थिए तर त्यो स्पेश स्टेशन कमाण्ड लिङ्कबाट बाहिरिएपछि त्यसलाई निश्क्रिय पार्न वैज्ञानिकहरु असफल भएका थिए । कमाण्ड लिङ्कबाट बाहिरिएपछि तिंङगङ–१ को निगरानीमा यूरोपियन स्पेश एजेन्सीको नेतृत्वमा १३ स्पेश स्टेशन एजेन्सीहरुले रडार र अप्टीकल अवलोकन विश्वभर पठाएका थिए ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!