ज्योतिषशास्त्र

ज्योतिषशास्त्र अनुसार निधारको साइज हेरेर थाहा हुन्छ तपाई कति भाग्यमानी ?

ज्योतिषशास्त्र अनुसार निधारको साइज हेरेर तपाई कति भाग्यमानी हुनुहुन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । अकास्मात हातबाट केही कुरा खस्नुलाई ज्योतिष शास्त्रमा शुभ वा अशुभ लिने गरिन्छ।

तपाई कति भाग्यमानी यसरी आफ्नो निधारको साइज हेरेर थाहा पाउनुस । शास्त्र अनुसार मानिसको शरिरको बनावटबाट मानिसको बानी व्यहवार सबै थाहा हुने गर्दछ । कुनै पनि मानिसको शरिरको बनावट अंगहरुबाट उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ । ज्योतिषहरुले अनुहार हेरेर व्यक्तिको बारेमा भुत, बर्तमान र भविष्यको बारेमा भन्दिन सक्छन । यदि तपाई ज्योतिषशास्त्रमा विश्वास गर्नुहुन्छ भने ज्योतिषहरुले तपाइको अनुहार हेरेरै तपाईको भाग्य बताउन सक्दछन । आउनुहोस आज कुरा गरौ निधार हेरेर कसरी उसको व्यक्तित्वको बारेमा थाहा पाउन सकिन्छ भन्ने बारेमा । कस्तो निधार हुने व्यक्ति कति भाग्यमानी हेर्नुहोस । निधारको साइज हेरेर थाहा हुन्छ की तपाई कति भाग्यमानी हुनुहुन्छ ।

यो पनि पढनुहोस्

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

हातका यी ७ रेखाहरुबाट यसरी थाहा पाउन सकिन्छ मानिसको भबिष्य

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

घरमा यी ४ चिजहरु भुलेर पनि नराख्नुस्, हुन्छ अशुभ

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

यी ४ राशी भएका पुरुषले पाउँछन् सुन्दर र गुणवती श्रीमती

यस्तो छ राशीहरुका वीच हुने प्रेम र विवाहको सम्वन्ध

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

कन्या र तुलाको प्रेम सम्बन्ध कुन राशीसँग कस्तो हुन्छ ?

१. सानो निधार

सानो निधार हुनेहरु धेरै नै भावुक हुन्छन् । उनीहरु सानो-सानो कुरामा पनि नराम्रो मान्ने हुन्छन् । उनीहरुको मुड सधैँ परिवर्तन भइरहने खालको तथा स्थिर नहुने हुन्छन् । भावुक हुने हुँदा यी व्यक्तिहरु प्राय: मनको कुरामा ज्यादा ध्यान दिन्छन् । यिनीहरु एक्लै बस्न बढि रुचाउँछन् ।

२. तेर्सो निधार

यस्ता निधार भएकाहरु आफ्नो विचारमा दृढ हुने हुन्छन् भने यी व्यक्तिहरु प्रेम सम्वन्धको मामिलामा अलि फरक हुन्छन् । छिट्टै प्रेम सम्वन्धमा राजी नहुने यी व्यक्तिहरु आफ्ना सिद्धान्तहरुमा अडिग हुन्छन् भने कसैलाई पनि छिट्टे आफ्नो बनाउँदैनन् ।

३. ठूलो निधार

सामान्यतया महिलाहरु ठूलो निधार कपालले छोपेर हिँड्ने गर्छन् । उनीहरु ठूलो निधार भएकै कारण लाज मान्छन् तर ठूलो निधार हुनेहरु भाग्यले नै धनी हुन्छन् । साथै उनीहरु बुद्धिमानी हुन्छन् । सँगै निर्णय लिने क्षमतापनि अचम्म लाग्दो हुन्छ र उनीहरु कुनैपनि काम समयभन्दा पहिले नै समाप्त गर्ने क्षमताका हुन्छन् ।

४. गोलाकार निधार

गोलाकार निधार हुने मानिसहरु जहाँ जान्छन् सवैलाइै खुशी दिने खालका हुन्छन् । उनीहरुको आफ्नो दिमागले धेरै भन्दा धेरै कठिन कार्य पनि गरेरै छाड्ने खालका हुन्छन् । यिनीहरु जीवनप्रति एकदमै सकारात्मक सोच राख्ने गर्छन् ।

Like & Follow us on Facebook

५. एम आकारको निधार

यस्ता निधार भएकाहरु सपनाको दुनियाँमा जिउने गर्छन् । यिनीहरु आफ्नै दुनियाँमा मस्त रहन्छन् । यी मानिसहरु विचारक जस्ता हुन्छन् ।

६. पहाड आकारको निधार

जसको निधारको आकार पहाड जस्तो हुन्छ त्यस्ता व्यक्तिहरु सामाजिक हुन्छन् । सरल स्वभावका साथ साथै कसैको पनि मद्धतको लागि सधैँ तत्पर रहन्छन् ।

७. सर्प आकारको निधार

जसको निधारको आकार सर्पजस्तो हुन्छ ती व्यक्तिहरु ज्यादै जिद्धि स्वाभावका हुन्छन् । कहिलेकाहिँ यिनीहरुको जिद्धिको कारण समस्या पनि झेल्नुपर्दछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!