धर्म-सस्कृति

खै नेपालीको अन्तर्राष्ट्रिय पहिचान ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

खै नेपालीको अन्तर्राष्ट्रिय पहिचान ? म नेपाली हु भन्ने अनुभुति त्यति बेला साकार हुनसक्छ जतिबेला सवै नेपालीको भावनालाई समेटेर अघि बढ्न सकिन्छ । नेपालको सन्दर्भमा धर्म संस्कृति नै छैन भने हरेक नेपाली पहिचान खोज्न कहाँ जाने सोच्नुपर्ने बेला आएको छ । हरेक नेपालीले मान्ने धर्म संस्कृति फरक-फरक हु्न्छ तर हरेक धर्मको छाता संगठन भनेको हिन्दू धर्म हो जसले अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली भनेर चिनाउने काम यसले गरेको मात्र हुन्छ ।

यो पनि पढ्नुहोस्  

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

हाम्रा वर्तमान राजनीतिक नेतृत्व बर्गले बिदेशमा जाँदा म नेपाली हुं भन्नासाथ म हिन्दू हुं भन्ने शब्दको उच्चाहरण त्यसै हुन जान्छ जस्तै एउटा अमेरिकन नेपाल आउदा यो पक्कै कृष्चियन हो भन्ने पहिचान दिलाएको हुन्छ । यस्तो सानो कुरामा पनि नबुझि आज नेपाललाई प्रतिसोधात्मक शैली अपनाएर जुन काम अरूको भनाइमा गरिएको छ त्यो गलत छ ।

Like & Follow us on Facebook

किन हटाइयो हिन्दू धर्म ? के अब नेपालमा कुनै पनि राष्ट्रको व्यक्ति पनि अब नेपालमा प्रधानमन्त्री पदमा उठ्ने भएकै हो त वा अन्य देशका शाशक पनि नेपालमा चुनाब लड्ने वातावरण के राजनीति दलले बनाई दिएकै हो र ? नत्र धर्म निरपेक्षता लाद्नुको औचित्य के छ । जसले जे गर्छ हामीले त्यही गर्नुपर्छ र ? आज नेपालको बिकासमा धर्म संस्कृति बाधक होइन तर धर्म निरपेक्षता बाधक भएको देखिन्छ । स्वार्थमा हरेक नेपाली डुब्दै छन् । न यहाँ धर्म संस्कृतिको डर छ नत कानुनको नै डर छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!