ज्योतिषशास्त्र

मान्छेको चिउँडोबाट पत्ता लगाउन सकिन्छ को कति भाग्यमानी ?

खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् । तर समुन्द्रशास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्रशास्त्रको दावी छ ।

लामो चिउँडो

जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ ।

सानो चिउँडो

सानो चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ ।

बाहिर निस्किएको चिउँडो

बाहिर उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन् । यस्ता ब्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न् ।

बर्गाकार चिउँडो

जुन ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन् ।

सलक्क परेको चिउँडो

तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् ।

गोलो चिउँडो

यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि । आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्ता ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन् ।

अण्डाकार चिउँडो

अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन् ।

यो पनि पढ्नुहोस्

भाग्यमानी युवतीका १२ लक्षणहरु

भाग्यमानी मानिससँग हुने ६ कुराहरु

शरीरको यी ६ अंगहरु ठूला हुने महिलाहरु हुन्छन् भाग्यमानी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!