स्वास्थ्य

औषधिको रुपमा लज्जावती झारको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लाज मान्नु पनि हद हुन्छ ठ्याक्कै लज्जावती झार जस्तै भन्ने उखान यदाकदा सुनिन्छ । लज्जावती झार तराई भेगमा प्रसस्त पाइने जडिबुटी अन्तर्गत पर्दछ । हरेक बुटिले आफ्नो गुण काहि न काहि देखाएको हुन्छ । आज मैले लज्जावती झारको विषयमा पाठकलाई जानकारी पस्कन गई रहेको छु । लज्जावती झारलाई अंग्रेजीमा Teach me not भन्दछन् ।

हरेक आयुर्वेदिक ग्रन्थमा यसको भिन्नभिन्न प्रयोगबारे लेखेको पाइन्छ तर मैले आज यसको बारेमा आफ्नो अनुसन्धान यहाँ पस्कन गई रहेको छु । विगत लामो समयदेखि मैले यो औषधि प्रयोगमा ल्याइरहेको छु । यो जडिबुटीलाई विषेशगरी अनुपान भेद अनुसार निम्न रोगमा प्रयोग गर्न सकिन्छ जस्तै अपचमा, मधुमेहमा, जण्डिसमा, पिसाब धेरै हुने भएमा, सोप्न दोषमा, विर्य स्तम्भ गर्नु परेमा,रक्त अतिसार (रगतमासी ) मा, प्लेग रोगमा यो जडिबुटीको प्रयोग भएको छ । आज मैले केहि रोगमा यसको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी पस्कनेछु ।

१. रगत मासीमा

यस्को जरालाई थिचेको रस १० ग्राम जती पानीमा पकाउने थोरै सुकेपछी कपडाले छानेर पिउन दिने रगतमासी ठिक हुन्छ ।

२. विर्य स्तम्भ

सेक्स पिरियडमा यस्को जरा मुखमा राखेर रस चुस्ने गरेमा उपरोक्त फाइदा हुन्छ भनेको छ तर हामीले प्रयोग गरेका छैनौं ।

३. पिसाब बढी हुने समस्यामा

यो जडिबुटीको पात पिसेर लुगदि बनाएर नाइटो तल लगाउनाले यो समस्या हल हुन्छ ।

४. जण्डिसमा

यस्को पात थिचेर रसलाई कपडछान गरि दिनमा २ पटक खान दिएमा जण्डिस ठिक हुन्छ । यो नियम केहि दिन गर्नुपर्छ ।

५. पायल्स रोगमा

यो रोगमा जरा र पात ल्याएर थिच्ने र यसको पाउडर बनाएर एक चमचको मात्रामा केहि दिन खानाले यो रोग निको हुन्छ ।

६. स्वप्न दोषमा

आइतबार मंगलबार वा शनिबार यो बुटि ल्याएर धुपाएर कम्मरमा बाध्नु ठिक हुन्छ ।

७. मधुमेह (सुगर रोग)

यो रोगमा यसको जरा थिचेर १०० एम.एल जति रस दिनमा २ पटक दिनाले यो रोग निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

औषधीको रुपमा मरिचको प्रयोग

औषधिको रुपमा दुबोको प्रयोग

औषधीको रुपमा अदुवाको प्रयोग

औषधीको रुपमा हिङको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!