स्वास्थ्य

रगतको उल्टी हुनुको कारणहरु, लक्षणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रगतको उल्टी हुनुको कारणहरु, लक्षणहरु र उपचार ! खोकी नलागी मुखबाट रगत बग्नुको थुप्रै कारण हुनसक्छ । यस्तो अवस्था देखिएमा तुरुन्त उपचार गराई हाल्नुपर्छ नत्र ज्यान जान सक्छ ।

कारणहरु

१. पेटको अल्सर ।

२. दुखाई कम गर्ने खालको औषधि अत्यधिक प्रयोगबाट भएको उल्टी ।

३. पोर्टल हाइपरटेंशन ।

४. पेटको क्यानसर( कार्सीनीमा अफ स्टमक)

५. आन्द्रामा चोट लाग्नु ।

रक्तक्षयको कारण-रगतको उल्टीको मात्रा अनुसार निम्न लक्षण देखिन सक्छ ।

१. प्रथम अवस्थामा कमजोर महसुस हुन सक्छ ।

२. शरिर पहेलो हुन सक्छ ।

३. रगतको उल्टी नरोकिएमा शरीर झन ममजोर हुदै जान थाल्दछ ।

४. नङहरू सेतो हुदै जान थाल्दछ । यस्तो अवस्थामा शरीर सुनिन थाल्दछ ।

उपचार र परामर्श

१. जतिसक्दो चाँडो हस्पिटल रिफर गर्ने ।

२. औषधिको सेवनको कारणले हो भने औषधि सेवन बन्द गर्ने ।

३. आराम गराउने ।

४. रोगीलाई सान्तवना दिने ।

५. यदि रोगीले अल्सरको औषधि सेवन गरेको छ भने सेवन बन्द नगर्ने ।

६. रगतको बमन भएको विरामीलाई एण्टासिड झोल खान दिने ।

७. दूधमा बर्फ राखेर दिएमा राम्रो फाइदा गर्दछ ।

८. यस्तो विरामीलाई रगतको आवश्यकता हुन सक्छ रगत चढाउने र के कारणले रगत उल्टी भएको हो हेरेर उपचार गराउने ।

यस प्रकारको रोगमा खानपानमा लापरबाही हुनु हुदैन । जाड रक्सीबाट बचाउनु पर्दछ । डाक्टरको सल्लाह अनुसार विरामीको उपचार भएमा यो रोग चाँडो निको हुन सक्छ ।

सामान्य घरेलु उपचार

थोरै चिसो पानीमा आधा कागती निचोरी दिनमा २ पटक सेवन गराएमा ब्लड रोकिन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढनुहोस्

इन्ट्रासेरिब्रल हेमोेरेज र यो हुने कारणहरु

उल्टी (Vomiting) र यसको उपचार

मस्तिष्क रक्तस्रावको कारणहरु, लक्षणहरु र उपचार

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!