जीवन-दर्शनटिप्स

सफल हुनुको लागि ध्यान दिनुहोस् यी ५ कुराहरुमा

जीवनमा सफल हुनुको अर्थ केवल कडा परिश्रम गर्नु मात्र होइन उत्कृष्टताका साथ काम गर्नु पनि हो । समस्या हरेक मान्छेको जीवनमा आउने गर्छ । जब एउटा समस्याको तपाईं हल गर्नुहुन्छ लगत्तै अर्काे ढोका ढकढकाउन आइपुगेको हुन्छ त्यसकारण समस्याको अन्त्य कहिल्यै पनि हुँदैन । जब हामी कुनै सफल व्यक्तिलाई देख्छौं हामीलाई लाग्छ यो मान्छे भाग्यमानी रहेछ, यसले सजिलै सफलता हासिल गर्यो । सफल हुनुको लागि यी ५ कुराहरुमा ध्यान दिनुहोस् ।

१. बाहिर मान्छेले के सोच्छन् भनेर चिन्ता नलिनुहोस्

यस दुनियामा हरेक व्यक्तिले आफ्नै मर्जीले मात्र नभइ अरुको देखेर प्रभावित भएर पनि काम गर्ने गर्दछन् । जब तपाई केही गर्न थाल्नुहुन्छ र त्यसका बारेमा आम मानिसहरुले के भन्लान् भनेर सोच्न थाल्नुहुन्छ भने तपाईं सफल हुनुहुन्न । त्यसैले तपाईंले आफूलाइृ मनमा लागेको काम गर्नुहोस् अरुको बारेमा दिमागमा ठाउँ नै नराख्नुहोस् ।

२. डर

डरको कुरा गर्न हो भने हामी कल्पनाभन्दा घेरै केही होइनौं । तपाईले कुनै पनि काम गर्दा जोखिम मोल्न डराउनु भयो भने सफलता तपाईभन्दा टाढा भाग्छ । त्यसैले डर भन्ने शब्दलाई पनि हाफ्नो दिमागबाट हटाउनुहोस् ।

३. बितेको समय र भविष्यको बारेमा चिन्ता नलिनुहोस्

हामीमध्य धेरैजसो मानिसले भविष्य के होला भनेर चिन्ता गर्ने गर्छाैं । बितेको समय सम्झेर पनि त्यस्तै गर्छौ । त्यसले हाम्रो वर्तमान बिगारी रहेको हुनछ । त्यसैले वर्तमानमा काम गर्नूस् भूत र भविष्यको कल्पना गरेर नबस्नुहोस् ।

४. नकरात्मक सोचाइलाई हटाउनुहोस्

नकरातमक सोचाइ यस्तो घात चीज हो कि यसले हामे शक्तिलाई नास गर्दछ । जब हामी कुनै काम गर्न खोज्छौं पहिले नै म त यो सक्दिन भन्न थाल्यौं भने हामी कहिल्यै त्यो काम गर्न सक्दैनौं । त्यसैले सकरात्मक सोचको विकास गरौं ।

५. उमेरको ख्याल नगनुहोस्

तपाईलाई लाग्न सक्छ उमेर एक सख्याको नाम हो । सफल व्यक्तिले आफ्नो उमेरको ख्याल नै गर्दैन् । त्यसैकारण कतिपय व्यक्तिले कलिलै उमेरमा पनि सफलता पाएका हुनछन् । तपाई पनि उमेरलाई दिमागमा नल्याउनूस् त्यसले तपाईंलाई कि म कलिलै छु कि म बूढो भइसके जस्ता हीनता ग्रनथी भरिदिने काम गर्छ । यी पाँच कुरालाई दिमागमा ल्याउनुभएन भने तपाईं अवश्य सफल हुनुहुनेछ ।

यो पनि पढ्नुहोस् 

सफलताका १० सुत्रहरु

विश्वासभित्र लुकेको मनोविज्ञान र सफलता

विहान उठेर यी कामहरु लागु गरेमा तपाईको जीवन सफल हुनेछ

सफलता प्राप्त गर्ने केहि आधार तथा सुत्रहरु

​सफल हुन चाहनेले थाहा पाउनुपर्ने ३४ चर्चित व्यक्तिहरुको विगत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!