जीवन-दर्शन

लामो आयु बाँच्नका लागि सधै रहनुस् यी चार कुराबाट टाढा

लामो आयु बाँच्नका लागि सधै रहनुस् यी चार कुराबाट टाढा ! हामी निश्चित आयु लिएर जन्मन्छौं । जन्मेपछि मर्नैपर्छ । तर, हामीले जन्मजात जति आयु लिएर आएका हुन्र्छौं, त्यसको पुरा अवधी बाँच्न पाउँदैनौ। सक्दैनौं किनभने जीवन जिउने क्रममा हामीलाई अनेकन रोग लाग्छ । अनेकन शारीरिक, मानसिक झन्झट आइलाग्छ । यस्ता विकारले हाम्रो आयु खियाइदिन्छ ।

हामी निश्चित अवधीभन्दा अगाडि नै देहत्याग गर्न बाध्य हुन्छौं । अर्कोतिर, जति बाँचिन्छ, त्यस अवधीभर स्वस्थ्य जीवन बाँच्न पनि सक्दैनौं । जीवनको उत्तरार्द्ध रोगले थलिएर, जीर्ण भएर कष्टकर जीवन बाँच्छौं । आउनुस् आज हामीले ४ यस्ता कुराको बारेमा जानकारी दिँदैछौं, जसबाट सधै टाढा रहनुपर्छ ।

१. अज्ञात डर

केही मानिसमा असुरक्षाको भावना निकै नै हुन्छ । अज्ञात डरले हमेशा सताउँछ, राम्ररी निद्रा लाग्दैन । डरकै कारण कुनै पनि काम ठिकसँग हुन सक्दैन । स्वयमलाई सुरक्षित राख्नका लागि प्राय चिन्तित रहन्छन् । निद्राको कमी तथा डरले उसको शरीर कमजोर हुनेमात्रै होइन, उमेर पनि घट्छ । त्यसैले त्यस्ता डरलाई मनमा लिएर नबस्नुस् । समयमै त्यसको समाधान खोज्नुस् र ढुक्कसँग जिउनुस् ।

२. चिन्ता वा मानसिक तनाव

जो मानिस लगातार चिन्तित रहन्छ, उसको शरीरमा कम उमेरमै बुढ्यौलीमा लाग्ने रोगहरु लाग्ने सम्भावना बढ्छ । अधिक चिन्ताका कारण कपाल पनि फूल्न थाल्छ, अनुहारको चमक हराउँछ र शरीर कमजोर हुन्छ । त्यसकारण मनमा धेरै कुरा नखेलाउनुस्, यो तपाईंको स्वास्थ्यका लागि फाइदाजनक छैन ।

३. रिस

भनिन्छ, क्रोध मानिसको सबैभन्दा ठूलो शत्रु हो । क्रोधले सामाजिक सम्बन्ध बिग्रिनेमात्रै होइन, स्वास्थ्यमा पनि नराम्रो असर पर्छ । जो मानिस हमेशा गुस्सामा रहन्छ, ऊ कम उमेरमा नै बुढो देखिन थाल्छ । रिसाउँदा हाम्रो शरीरमा अत्याधिक उर्जा खर्च हुन्छ । यसकारण लामो आयु चाहनुहुन्छ भने आजैबाट रिसाउन छाडिदिनुस् ।

४. ईर्ष्या र जलन

यो प्रतिस्पर्धाको युग पनि हो । हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । कसैले धेरै प्रगति गरेका छन्, कोही पछि परेका हुन्छन् । यस्तो अवस्थामा स्वभाविक रुपमा मानिसमा ईर्ष्याभाव पैदा हुन्छ । तर यो मानव स्वास्थ्यका लागि कत्ति पनि फाइदाजनक छैन । यसले शरीरमा पनि नराम्रो असर पर्छ । साथै तपाईंको आयुलाई पनि घटाउँछ । त्यसैले यी ४ कुराबाट हमेशा टाढा रहनुस् । उत्साह, संयम, सन्तुलन, समता, सन्तुष्टि र प्रेमलाई अंगाल्नुस् र लामो जीवन जिउनुस् । (एजेन्सीहरुको सहयोगमा)

यो पनि पढ्नुहोस्

लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने तरिकाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!