खानपान

लामो आयु बाँच्न यस्तो खानुपर्छ खाना

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लामो आयु बाँच्न यस्तो खानुपर्छ खाना ! हाम्रो खाना जस्तोसुकै किन नहोस् जिब्रोमा भर पर्छ । यसो भनिरहदा हाम्रो खाना सबैभन्दा ट्वाकको जिब्रोमा रस आउने खालको बढी मसला पिरो चिल्लो भएको हुनुपर्छ । पौष्टिक नभएपनि हुन्छ । हामीलाई प्रशस्त अचार भएको खाना बढी मनपर्छ ।

स्वास्थ्यलाई फाइदा गरोस् या नगरोस् फरक पर्दैन तर जिब्रो मै झुन्डिने खालको हुनुपर्छ । अझै भन्नुपर्दा तराईबाट फोहर ल्याएको जस्तो झिंगा भन्कने गरी ट्रकमा हालेर ल्याएको (चपाउन पनि मेसिन चाहिने) जस्तो भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय: अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भई सकेको छ ।

यसैगरी हाम्रो समाजमा अझै पनि बिहान-बेलुका छोरी, बुहारी भान्सामा खाना पकाउन सुरु गर्नासाथ “साग पकाउन भन्दा अलि बढी तेल, खुर्सानी, मसलाहरु हालेर पकाउ है नत्र खल्लो होला” भनेर निर्देशित गरिन्छ अनि कसरी स्वस्थ, स्फुर्त भएर लामो समय बाच्न सकिन्छ र ?

तर, अहिले भने कमसेकम खाना कस्तो खाने, के के खाने ? कस्तो खानाले स्वास्थ्यमा असर गर्छ ? भन्ने कुराहरुमा अलिकति राम्रो चेतना जाग्दै आएको होकी जस्तो छ । त्यसैले आजका भान्साहरुमा पहिले जस्तो दिनहु, चिल्लो पिरो मासु लगायतका मसलादार तरकारी मात्र पाक्न कम हुदैछ । बिहान मासु खाए बेलुका साग, भोलिपल्ट माछा पाक्न थालेको छ ।

यद्यपी खुर्सानी, तेल, नुन मसला (खै के के मिसावट भएको) को मात्रा भने कम हुन सकेको छैन जस्तो लाग्छ मलाई । त्यसैले हामीले पनि, आफ्नो स्वास्थ्यमा ख्याल गर्दै, स्वास्थ्यमा हानी गर्ने खानेकुरा कुराहरु घटाउदै हल्का तेल, मसला मात्र प्रयोग गरेको खानेकुरा र सन्तुलित भोजन लिने बानी बसाल्न थाल्यौं भने पक्कै पनि नेपाल पनि कुनै दिन संसारको लामो आयु भएको देश भनेर चिनिनेछ ।

लामो आयुसम्म बाँच्नको लागी पौष्टिक खानाको आवश्यक छ । नेपाली हामी रोगी हुनुको प्रमुख कारण भनेकै खानपिनमा लापरबाही गर्नु हो । माथि मैले भनेको छु । खाना मिठो ट्वाकको मात्र भएर स्वास्थ्य ठिक हुने होइन । हामीले खाने कुरा हल्का चाँडो पच्ने खालको होस् माछा मासु भन्दा साग सब्जी बढी होस् मसला कमसे कम होस् यसरी खाएको खानाले बल्ल स्वास्थ्य राम्रो हुन थाल्नेछ ।

हाम्रो खाना कस्तो हुनुपर्छ ?

१. तेल मसला कम प्रयोग गरिएको अथवा उसिनेको माछा, सुप, गेडागुडी, सीफुड, माछा (मुटु रोग बाट बचाऊछ), उसिनेको तरकारी, अर्गानिक चिया (क्यान्सर बाट बचाऊछ) आदि हुनु गर्दछ । खानेकुरामा शरीरको लागि आवश्यक पर्ने कार्बोहाईडेट, प्रोटिन लगायत अन्य भिटामिनहरुको सन्तुलन मिलेको हुन्छ र यस्ता खाने कुराले शरीरका कुनैपनि अंगलाई खराब गर्ने गर्दैनन।

२. चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउछ । एक अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ ।

३. ओखर सबैभन्दा स्वस्थकर हो किनभने यसमा रोगबाट लड्न सघाउने र कम उमेरको देखाउने एन्टी अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुन्छ। दिनको तीनवटा मात्र ओखर खानाले पूरा फाइदा मिल्छ ।

४. युरोपियन हार्ट जर्नलले फलफूल र शाकाहारी खानेकुरा खाने मानिसहरुको मुटु रोगबाट मृत्यु हुने सम्भावना निकै कम भएको देखाएको छ ।

५. खाना हमेसा ८०% भन्दा कम खानुस पानी प्रशस्त पिउनुहोस् । दैनिक २ वटा केरा खानुस, फलफूल प्रशस्त खानुहोस् ।

६. फ्रिजमा राखेको खाना सकेसम्म कमसे कम खानुहोस् ।

७. खाना खाँदा टेलिभिजन हेरेर र गफ गरेर नखानुहोस् । यसरी खाएको खाना चाँडो नपच्नाले स्वास्थ्यमा असर हुन सक्छ । खाना खाँदा नबोली खाएको खाना चाँडो पच्नाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्य जीवनको लागि कर्कलाको साग खानुका फाइदाहरु

हरियो साग खाउँ, निरोगी बनौं

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!