हेल्थ टिप्स

जान्नुहोस् ! पानी कति पिउने र कसरी पिउने ?

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

पानी कति पिउने र कसरी पिउने ? पानी किन र कति पिउने ? हाम्रो शरिर रचनामा सर्वाधिक (६० – ७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगिक नै पानी हो । हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । पानीलाई जीवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ । विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता क्रियाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याउने काम पनि पानीले नै गर्दछ ।

एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ । शारीरिक पानीको दुई तिहाई हिस्सा कोषहरुभित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागि लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जसमध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्दछ । बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नुपर्दछ । यसै गरी हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर ४०० मिलि पानी श्वाससँगै घुलेर १५० मिलि पानी दिशासँगै मिसिएर र बाँकी पानी पिसाबको रुपमा बाहिर जान्छ ।

Like & Follow us on Facebook

कति पिउने पानी

१. पानीको मात्राको निर्धारण व्यक्तिको कार्य प्रकृति र मौसमा निर्भर गर्दछ । सामान्य काम गर्ने मान्छेले दैनिक ३ देखी ४ लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरुले हरेक १०० क्यालोरीको दहनका लागि १०० मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।

२. सामान्यतया पुरुष भन्दा महिलाहरुको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाहरुले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समुहका, गर्भीणी, बच्चालाई दुध चुसाई रहेकी महिलाहरुलाई झन धेरै पानी पिउन आवश्यक छ ।

कसरी पिउने पानी

१. तिर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सुचना हुनु हो त्यसैले तिर्खा लाग्नु भन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकैपटक धेरै पानी पिउनु पनि स्वास्थ्यको लागि राम्रो होईन ।

२. बिहान उठ्ने बित्तिकै लगभग १२०० मिलि जती पानी पिउनु स्वास्थकर छ । यसो गर्दा रातभरी सुत्दा हुनसक्ने डिहाईड्रेशन (निर्जलता) कम गर्न सहयोग गर्दछ ।

३. ठोस भोजन गर्नुभन्दा १ घण्टा पहिले र गरेपछि २ घण्टा पछिसम्म पानी पिउन हुदैन् । भोजन निल्न कठिन भएमा १० मिलि जती पानी लिन सकिन्छ तर भोजन लिई सकेपछि पानी लिएमा पाचन रसहरुको पाचनशक्ति कम हुन जाने हुँदा भोजन पचाउन कठीन हुन्छ । फलतः विभिन्न प्रकारका पेटका रोगहरु लाग्न सक्छन् ।

४. राती सुत्नु भन्दा अगाडी पनी प्रशस्त पानी पिएर सुत्ने गर्नुपर्दछ । यसो गर्दा सुतेको समयमा शरीर निर्जलताको शिकार हुँदैन ।

५. यसका अलवा दैनिक १–१ घण्टाको अन्तरालमा १ देखि २ ग्लास पानी पिई रहनुपर्दछ ।

६. खेल्दा, कुद र परिश्रम गर्नु भन्दा आधा घण्टा पहिले प्रशस्त पानी पिउनु राम्रो हो तर परिश्रम गरिरहेको समयमा वा श्रमपश्चात लगतै पानी पिउदा शरीरमा इलेक्ट्रोलाईट (नुन) हरुको सन्तुलन बिग्रिन गई आपतकालीन स्थिति पनी आउन सक्छ । साथै श्रमको समयमा पानी पिउदा विश्राम गरिरहेको पाचन प्रणालीलाई अतिरिक्त दवाव पर्न जान्छ ।

७. तिर्खा लागेको बेलामा पानी नै पिउने गरौं कोल्डड्रिङ्गस तथा अन्य पेय होईन ।

८. पिसाबलाई पहेलो हुन नदिउ, स्वस्थ मान्छेमा पहेलो पिसाब आउनु भनेको निर्जलतको लक्षण हो ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् ।

यो पनि पढ्नुहोस् 

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

औषधीको रुपमा कागतीलाई कुन-कुन रोगमा प्रयोग गर्न सकिन्छ ?

स्वास्थ्यको दृष्टिकोणले कागती पानीका फाइदाहरु के के छन् ?

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!