खानपान

यसरी गर्नुहोस् ! अम्लिय भोजन र क्षारीय भोजनको सन्तुलन

यसरी गर्नुहोस् ! अम्लिय भोजन र क्षारीय भोजनको सन्तुलन । के हो अम्लीय र क्षारीय भोजन ? कसरी राख्ने सन्तुलन ? साधारणतया: हामी अमिलो स्वाद भएको पदार्थलाई अम्ल र टर्रो वा तितो स्वाद भएका पदार्थहरुलाई क्षार भन्छौँ । लिटमस पेपरसँग प्रतिक्रिया गराउँदा अम्लले नीलो लिटमस पेपरलाई रातो र क्षारले रातो लिटमस पेपरलाई निलो बनाई दिन्छ । पानीमा घुल्दा अम्लले हाइड्रोजन आयनहरूमुक्त गरी पानीको PH घटाउँदछ भने क्षारले हाइड्रोक्साईड आयनहरू मुक्तगरी पानीको PH बढाउदछ । पानीको PH लाई तटस्थ मानेर पानीमा भन्दा ज्यादा मुक्त हाइड्रोजन परमाणुहरु भएको घोललाई अम्ल र मुक्त हाइड्रोक्साईड परमाणु धेरै भएको घोललाई क्षार भनिन्छ । पदार्थहरुलाई यसरी अम्लिय र क्षारिय वर्गमा वर्गीकरण गरिरहदा हामीले खाने खानेकुरा पनि अम्लिय र क्षारिय वर्गमा वर्गीकृत हुन्छन् तर खानेकुराहरुको अम्लिय र क्षरीय गुण भोजनको अम्लिय र क्षरीय पन नभएर भोजनको उपपाचन (Metabolism) पश्चात शरीरमा उत्पन्न हुने मेटाबोलिक ईण्ड प्रोडक्ट को अम्लिय र क्षारिय गुण धर्म हो ।

हामीले खाएको खानेकुरा पाचनपश्चात रगत हुँदै कोष-कोषमा पुग्दछ । कोषमा खानाको (उपपाचन / Metabolism (खानाबाट उर्जा उत्पन्न हुने वा महत्वपूर्ण जैव रसायन बन्ने क्रिया) हुन्छ । यसरी खानाको उपपाचन हुर्दै गर्दा उपपाचन सँगै हामीलाई काम नलाग्ने पदार्थहरुको उत्पादन पनि भईरहेको हुन्छ । यी काम नलाग्ने तत्वहरुको प्रकृति अम्लिय, क्षारिय वा तटस्थ हुन सक्छ । भोजनको उप पाचन पश्चात उत्पादित यि अवशादहरूले शरिरको PH मा प्रत्यक्ष असर पुर्याउदछ । उपपाचन पश्चात अम्लिय अवशाद उत्पादन गर्ने भोजनलाई अम्लिय भोजन क्षारिय अवशाद उत्पान गर्ने भोजनालाई क्षरीय भोजन र तटस्थ अवशाद उत्पादन गर्ने भोजन लाई तटस्थ भोजन भन्ने गरिन्छ । क्षारीय भोजनका फाइदाहरु र अम्लिय भोजनका बेफाइदाहरु निम्न अनुसार छन् ।

क्षारीय भोजनका फाइदाहरु

१. शरीरमा उपपाचन पश्चात बनेका अम्लिय अवशादहरु हटाउन मद्धत गर्दछ ।

२. शरीलाई निर्मलीकृत गरेर विष रहित बनाउँदछ ।

३. क्षारीय भोजन सुपाच्य हुन्छ । पचाउन सरल भएकाले पाचनका लागि अतिरिक्त उर्जा खर्च हुदैन ।

४. खाने मान्छेलाई उर्जावान बनाउँदछ ।

५. तौल घटाउन सहयोग पुर्याउँदछ ।

६. शारीरिक पिडा र कष्ट घटाउन मद्धत गर्दछ ।

७. प्रेशर, ब्लड ग्लुकोज र ब्लड कोलेस्ट्राल सन्तुलन कायम गराउँदछ ।

८. दाँत र गिजालाई मजबुत बनाई राख्दछ ।

९. प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँदछ ।

१०. चाडै बुढो हुनदिदैन ।

अम्लिय भोजनका बेफाइदाहरु

१. हड्डीको हड्डी घनत्व कम गर्दछ ।

२.अम्लपित्त बढाउँदछ ।

३. पथ्थरी बन्ने क्रियालाई बढाउँदछ ।

४. दीर्घकालिन पिडालाई अझै बढाउँदछ ।

५. हर्मोनहरु को स्तर गडबड बनाउँदछ ।

६. समस्थितितन्त्रलाई गडबड बनाईदिन्छ ।

शरीरमाअम्लको मात्रा बढेर जादा शरीरका अंड्डहरु कमजोर एवं अस्वास्थ्य हुन थाल्दछन् । अम्लताको कारणले आएको कमजोरीका कारण शरीर, रोगी र असमयमा नै बृद्ध हुदै जान्छ । यसरी शरीरमा अम्लता बढ्न थाले पछि शरीरले रगत, हड्डी वा अन्य तन्तुमा जम्मा भएर बसेको क्षारहरुलाई अम्ल प्रभावित क्षेत्रमा तान्न थाल्दछ । यसो हुँदा प्रतिरक्षा प्रणाली कमजोर हुने, हड्डीहरुको घनत्व घट्ने, छालाको कान्ती घट्ने, कपाल फुल्ने जस्ता समस्या देखा पर्दछ।

कसरी गर्ने सन्तुलित ?

हामीले हाम्रो शरीरमा अम्ल र क्षार सन्तुलित राख्न खानको पाँच भागमध्ये चारभाग साग फलफुल सलाद एवं रंकुरित अनाजलाई समावेश गर्नु पर्दछ भने १ भाग मात्र अन्नदाल गेडागुडी आदि संलग्न गर्नुपर्दछ । यदि यो अनुपातमा खान सकिदैन भनेपनि ३ भाग क्षारिय भोजन र १ भाग अम्लिय भोजन खानुपर्दछ । खनाद्वारा अम्ल र क्षारको सन्तुलन बनाउनको लागि निम्न लिखित अनुपातमा खाने गरौँ ।

१. २५ प्रतिशत मौषमी र क्षेत्रियफल

खानाको २५ प्रतिशत हिस्सा मौषमअनुसारको फलफुल र क्षेत्रियफलफुलले ओगट्नुपर्दछ । फलफुललै खाए भन्दैमा सो फल ऋतु अनुसारको छैन र स्थानिय हैन भने त्यस्तो फलखानको कुनै अर्थ रहदैन ।

२. २५ प्रतिशत मौषमी र क्षेत्रिय तरकारी

फलफुल जस्तै हामीले खाने खानको २५ प्रतिशत हिस्सा मौषमी र क्षेत्रिय तरकारीहरुले ओगट्नुपर्दछ ।

३. १० प्रतिशत सलाद

खानाको १० प्रतिशत हिस्सा काक्रो गाजर, बन्दा, मूला, टमाटर जस्ता सलादले ओगट्नुपर्दछ ।

४. १० प्रतिशत अंकुरित

खानाको १० प्रतिशत हिस्साअंकुरित अनाजवा अमृत भोजनले ओगट्नुपर्दछ ।

५. २० प्रतिशत अन्न

खानाको २० प्रतिशत हिस्सा चामल, मकै, गहुँ, फापर, जौ, कोदो, जुनेलो, सामाकागुनी, ज्वार बाजरा जस्ता अन्नले ओगट्नुपर्दछ ।

६. ५ प्रतिशत दाल

खानाको ५प्रतिशत हिस्सा, दाल गेडागुडी लिनुपर्छ ।

७. ५ प्रतिशत दुध दहि

हिस्सा प्राकृतिक रुपमा तयार गरिएका दुध दहि महि जस्ता दुध जन्य पदार्थले लिनुपर्दछ । दुध दहि महिको सम्भावना नभएको ठाउँमा काजु, पिस्ता, बदाम, मुमफलि, ओखर काचो नरिवल आदिको समावेश गराएको राम्रो हो ।

के गर्न सकिन्छ ?

१. विहानै चिया, कफि, हलिक्स, बोर्न भिटा जस्ता पेयको साटो महपानी, कागतीपानी, फलफुलको सुप आदि पिउने बानी बसालौ ।

२. कोकाकोला, फन्टा, पेप्सिकोला जस्ता सफ्ट ड्रिंकको बदलामा मोही, लस्सी, मह कागतीपानी र फलफुलको रस पिउने गरौँ ।

३. माछा मासु, अण्डा, पनिर, चिजजस्ता प्राणीबाट प्राप्त प्रोटिनको साटो बनस्पतिबाट प्राप्त प्रोटिनहरु लाई आफ्नो खानेकुरामा समावेश गरौँ ।

४. खानामा गुलियो पन ल्याउनु पर्दा चिनी मिश्री सख्खर जस्ता पदार्थ नहालेर मह, खुदो, उखुको रस वा चुकुन्दरको रस प्रयोग गर्ने गरौँ ।

५. परिस्कृत खाद्यान्नहरुको साटो प्राकृतिक खानेकुराहरु नै खाने गरौँ ।

६. सकेसम्म अर्गानिक खानेकुराहरु रोज्ने गरौँ ।

*डा. हेमराज कोइराला योगी चितवनको भरतपुर-१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडीकल डाईरेक्टर हुन् । 

यो पनि पढ्नुहोस् 

चिन्नुहोस् ! यस्ता छन् अम्लीय र क्षारीय भोजनहरु

प्राकृतिक चिकित्सामा भान्साको वर्गीकरण

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

भोजन को सँग गर्ने को सँग नगर्ने

योगी नरहरिनाथ अस्पताल

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!