अचम्मको संसार

२१ लाख पर्ने कलम

एजेन्सी, २८ कार्तिक । २१ लाख पर्ने कलम स्वीटजरल्याण्डको चर्चित कलम निर्माता कम्पनी मेइसन कारान डि’आच र लक्जरी घडी निर्मार्ता एमबी एण्ड एफ मिलेर लिमिटेड एडिसन कलम निर्माण गरेको छ । रकेटको आकारमा देखिने कलमको आफ्नै लञ्च प्याड पनि रहेको छ । यसको मूल्य करिब २१ लाख नेपाली रुपैयाँ तय गरिएको छ ।

astrograph-pen-768x587एस्टोग्राफ नाम दिइएको यो कलम कम्पनीले हालसम्म डिजाइन गरेको सबैभन्दा जटिल कलम भएको कारान डि’आचले जनाएको छ । यसको अवधारणा मात्र निर्माण गर्न ४ वर्ष लागेको र यसको अन्तिम स्वरुप तयार गर्न थप १२ महिना लागेको कम्पनीले बताएको छ । यसमा ९९ वटा फरक घटकहरु प्रयोग भएका छन् जसलाई जोड्न ५ सयभन्दा बढी पटक हातैले काम गर्नुपरेको थियो ।

astrograph-pen2-768x709एमबी एण्ड एफका संस्थापक म्याक्सलिलियन बुसेरको अन्तरिक्षमा पुग्ने बाल्यकालदेखिको सपनामा आधारित रहेर यो कलम तयार गरिएको बताइएको छ । यसमा प्रयोग भएका ९९ फरक घटकको आधारमा यो कलम मात्र ९९ वटा निर्माण गरिनेछ ।

यसको मूल्य १९,९०० डलर तोकिएको धेरैलाई महंगो लागे पनि विश्वकै महंगो कलमको तुलनामा भने यो निकै सस्तो हो । अरोरा डाइमान्टे नामक विश्वकै महंगो कलम १३ लाख डलर पर्दछ ।

Aurora Diamante Fountain Pen

Aurora Diamante Fountain Pen

साभार : रातोपाटी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!