लेखहरु

यस्ता छन्, कलम चलाउनुका गुणहरु र अवगुणहरु, जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कलम यस्तो हतियार हो जसको सहयोगले मानिसलाई सोझै फाँसी दिन सक्छ । गलत काम गर्ने जो कोहीलाई जेलमा बन्द गर्न सक्छ । तर कलमलाई गलत तरिकाले प्रयोग गर्दा कलमकै कारण निर्दोषले सजाय पाएको छ भने गल्ती गर्ने व्यक्ति खुलेआम घुमिरहेको हुन्छ । हरेक व्यक्तिमा यदि इमान्दारी भइदिएर कलमरूपी हतियारलाई सहि ठाउँमा खडा गर्न सके निर्दोषको बलि चढ्ने थिएन । आज कलम चलाउनेहरू बेइमान हुनाले नै देशमा अराजकता फैलिएको छ । गलत समाचार लेख्नाले सहि व्यक्तिको पनि गलत हुन पुगेको छ । कलम चलाउने जतिले यसतर्फ सोच्नुपर्छ ।

कलम चलाउदा गलत नहोस् भन्नेतर्फ सजग रहन सके यसले निर्दोषको समेत ज्यान जोगाउन सक्नेछ । आज मैले कलम ठूलो कि हतियार ठूलो भन्नेबारे केहि चर्चा गर्न गइरहेको छु । आज हतियार चलाउनेको संख्या धेरै अघि बढेको छ यसको ठोस कारण हो कलमप्रति विश्वास घट्नु, विश्वास किन घट्छ बेइमान भएर । मैले कलमलाई दोषी होइन कलम चलाउने बेइमानहरूको कारण यसतर्फ विश्वास घटेको हुन सक्छ भन्ने जस्तो मलाई लागेको छ । आज निडर भएर यदि कलमरूपी हतियार सबैले चलाउन सके निर्दोषले समेत न्याय पाउने थिए ।

डाक्टरकै कुरा गरौं सहि तरिकाले नलेखेमा लेखेको औषधिले मानिसको ज्यान समेत जान सक्छ । कलमको शक्तिलाई चिन्न सकौं, यसैमा सबैको भविष्य बलियो छ । कलमलाई गलत तरिकाले प्रयोग नगरौ भन्ने मेरो राय छ । कलमरूपी हतियार सवैभन्दा बलियो छ । हतियारले काट्न सक्छ तर कलमले नकाटी सोझै जेल चलान गर्न सक्छ फाँसी दिन सक्छ । निर्दोषलाई न्याय दिन सक्नेछ ।

Like & Follow us on Facebook

कलमले मानिस जन्मेको दिनदेखि मरुन्जेलसम्म काम आउँछ । यो कलम कसैलाई डाक्टर बनाउछ, कसैलाई पाइलट बनाउछ, कसैको जन्मकुन्डली लेख्छ, कसैलाइ मृत्युदण्डको सजाय दिन्छ यो कलमले कम पढेको मान्छेलाइ शिक्षक बनाउछ । कलम सानो भएर पनि ठूला-ठूला काम गर्न सक्षम छ ।

कलम सानो भएपनि ठूलो काम गरेर देखाउन सक्छ भनाइको मतलब समाजमा सबैभन्दा सानो भएर बस्न सिक्नुहोस यस्तो गर्नुभयो भने तपाईं सबैको प्यारो बन्नुहुनेछ, सबैको मनमा ठाउँ बनाउनुहुनेछ यसै गरी तपाईले सबैको मनमा ठाउँ बनाई सकेपछि तपाईं आफै त्यहाँको राजा हुनुहुनेछ । तर यो कुरा रिस, घमण्ड, ईर्ष्या र अह्मताले तपाईं कहिले पाउनुहुने छैन त्यसैले कलम जस्तै भएर बाँच्न सिकौं यसैमा सबैको कल्याण हुनेछ ।

डाक्टरको कलम

२१ लाख पर्ने कलम

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!