विज्ञान जिज्ञासा

प्रमाणीकरण निकाय कसरी बन्न सकिन्छ ?

प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने देहायको योग्यता भएको कुनै व्यक्ति, फर्म वा कम्पनीले ५०० रूपैयाँ निवेदन दस्तुर सहित इजाजत पत्रको लागि अनुसूची-२ बमोजिमको ढाँचामा नियन्त्रक समक्ष निवेदन दिनुपर्नेछ ।

१.    कम्तीमा एक करोड रूपैयाँ चुक्ता पूँजी वा सो बराबरको जाय जेथा भएको,

२.    विदेशी फर्म वा कम्पनी भए कम्तीमा बीस प्रतिशत शेयरमा नेपाली नागरिक वा नेपाली फर्म वा कम्पनीको स्वामित्व रहेको, तर कार्य सञ्चालन भएको मितिले एक वर्ष भित्र आवश्यक प्राविधिक जनशक्ति समेत नेपालमा नै उत्पादन गरी सम्पूर्ण कामदार वा कर्मचारी नेपाली नागरिकबाटै पूर्ति गर्ने शर्त स्वीकारी सो बमोजिम कबुलियत गरी  प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्न चाहने फर्म वा कम्पनीलाई यस खण्डको व्यवस्था पूरै वा आंशिक रूपमा लागू नहुने गरी छट दिन उपयुक्त देखेमा नियन्त्रकले त्यस्तो छुट दिन सक्नेछ ।

३.    प्रमाणीकरण गर्ने निकायको रूपमा काम गर्नको लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति भएको,

४.    कम्प्युटर सम्बन्धी कामको कम्तीमा दश वर्षको अनुभव भएको,

५.    कुनै फौज्दारी कसूरमा अदालतबाट कसूरदार ठहर भएको व्यक्ति सञ्चालक नरहेको ।

निवेदन साथ देहाय बमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछ :

१.    फर्म वा कम्पनी दर्ताको प्रमाणपत्र,

२.    फर्म वा कम्पनीको चुक्ता पूँजी र जेथा प्रमाणित गर्न आवश्यक अन्य लिखत प्रमाणहरू,

३.    प्रमाणीकरण गर्ने निकायको रूपमा इजाजतपत्र पाएको अवस्थामा त्यस्तो इजाजतपत्र पाएको

मितिले छ महिनाभित्र प्रमाणीकरणको कार्य शुरु गर्ने कुराको प्रत्याभूतिको रूपमा नेपालको

कुनै वाणिज्य बैंकले जारी गरेको पच्चीस लाख रूपैयाँ बराबरको कम्तीमा छ महिनाको अवधि

भएको बैंक ग्यारेण्टीको सक्कल प्रति,

४.    कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थासँग संयुक्त रूपमा कम्प्युटर सम्बन्धी काममा संलग्न

रहेको भए सोको विवरण,

५.    कुनै विदेशी व्यक्ति, फर्म, कम्पनी वा संस्थासँग संयुक्त लगानीमा कम्प्युटर सम्बन्धी काम गर्ने

सम्बन्धमा कुनै सम्झौता भएको भए सोको प्रमाण र

६.    नियन्त्रकले माग गरेको अन्य विवरणहरू ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply