स्वास्थ्य

फूड पोइजनका कारणहरु र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

फूड पोइजन हुनुलाई हामीले फोहर पानी र खानालाई मानेका छौं तर यो मात्र नभई हात नधोइ खाना खानाले पनि फूड पोइजन हुने सम्भावना बढी हुने गरेको पाइन्छ । आजकाल पैसाको लालचमा होटलहरूमा बासि सडे गलेको खाना दिनाले पनि फूड पोइजन हुने गरेको धेरै पाइन्छ । हामीले खाने खाना, पानी दुषित छ भने पनि हामीलाई फूड पोइजन हुने सम्भावना वढी देखिएको छ ।

फूड पोइजन यदि बच्चा बुढाहरूमा देखिएमा यसले समस्या खडा गराउन सक्छ । हाम्रो क्लिनिकबाट नास्ता गर्न हामी होटल पुगेका थियौँ । हामीले खाना खाएर घर पुगेपछि मलाई पेटमा गुड गुड गड गड गरी पेट कराउनुको साथै हल्का ज्वरो आएको थियो तर मेरा अरू दुई जनालाई उल्टि हुने पखला लाग्ने जस्तो समस्या देखिएको थियो ।

यो पनि पढ्नुहोस्

फुड पोइजनिङको लक्षणहरु र उपचार

किन र कसरी हुन्छ फुड पोइजनिङ ?

होशियार दुधसँग कहिल्यै पनि नखानुहोस् यी खानेकुराहरु

खाना खाने वित्तिकै कहिल्यै पनि यी कामहरु कदापी नगर्नुस्

हामीले यस विषयमा होटललाई जानकारी गरायौं र हामीले खाएको चाउमिनले हामीलाई फूड पोइजन भएको जानकारी लिदा अचार बासी रहेछ । अन्तमा अचारको कारणले फूड पोइजन भएको हामीले पत्ता लगाएका थियौँ । कतिपय होटलमा खाना सफा भएपनि कहि न कहि त्रुटि भएको छ ।

फूड पोइजनको पहिलो लक्षण पेट दुख्नु, उल्टि हुनु, पातलो दिशा लाग्नु आदि समस्या देखिन थाल्दछ । खाना पचाउन सक्दैन तुरुन्त उल्टि हुन सक्छ । कोहि कोहिलाई ज्वरो समेत आउन सक्छ । शरीर थाकेको महसुस हुन थाल्दछ । टाउको दुख्ने जस्ता लक्षण देखिन थाल्दछ । फूड पोइजनको असर सुरु हुनासाथ स्वास्थ्य संस्थामा गएर उपचार गराउने या डाक्टरको परामर्श लिएर समयमा उपचार गरेमा राम्रो हुने देखिन्छ ।

फूड पोइजनका कारणहरु

१. फोहर पानी पिएमा
२. बासि खाना खाएमा
३. पानीको टंकी सफा नभएमा
४. खाना फोहर पानीमा पकाउने गरेमा
५. पकाएको खाना फ्रिजमा राखेर खाने गरेमा
६. बासि अचार खाने गरेमा
७. नढाकेका खाना खाने गरेमा
८. खाना खानु अगाडि हमेसा हात सावुन पानीले हात धोएर मात्र खाना खाने बानी नभएमा
९. बासि मिठाई खाएमा
१०. यदि बन्द डब्बामा खाना छ भने एक्पायर भए नभएको एकिन नगरी खाएमा

Like & Follow us on Facebook

फूड पोइजनको सामान्य उपचार

१. प्रशस्त उमालेको पानी पिउने
२. मर मसला युक्त खाना सकेसम्म नखाने
३. तारेका खानाबाट बच्ने
४. सफा पानी प्रयोग गर्ने
५. दुधवाट बनेका खानेकुराहरु नखाने
६. तुलसी, जीरा, सौंफ, धनिया जस्ता औषधि प्रयोग गरेमा फूड पोइजन निको गराउन सकिन्छ ।
७. फूड पोइजन हो भन्ने थाहा भएमा स्वास्थ्य संस्थामा रिफर गरेर उपचार गराउने बानी बसालेमा समयमा यसको समस्या समाधान गर्न सकिनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!