चिकित्सा विज्ञान

डेंगू फिवरबारे जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

संसारमा प्रतिवर्ष लाखौं मानिस डेंगूको शिकार हुन पुग्दछन् । एक शोध अनुसार डेंगूको रिक्स भारत, चाइना, ताइवान, पेसिफिक, आइलैंड, मैक्सिको, अफ्रिका, साउथ अमेरिकामा विगत १०/१२ वर्षदेखि बढी रहेको छ । छिमेकी मुलुक भारत हुदै नेपालमा पनि यो फैलिन थालेको छ ।

त्यसो त यो एउटा अलग खालको ज्वरो हो । वास्तवमा डेंगु एक प्रकारको भाइरल रोग हो । यो संसारमा ट्रापिकल र सब ट्रापिकल क्षेत्रमा अत्यधिक पाइएको छ । हल्का डेंगूको प्रारम्भिक अवस्थामा हाइफिवर,जोयण्ट पेन र सिवियर डेंगुमा हेमोरेजिक फिवर हुन थाल्दछ । अन्तमा डेंगु फिवरको सहि उपचारको अभावको कारण रोगी मर्न सक्छ ।

यो पनि पढ्नुहोस्

डेंगु ज्वरोबारे जानकारी

मिर्गौला फेल भएको कसरी थाहा पाउने ?

इन्सेफेलाइटिस र यसको उपचार

खोप र यसका फाइदाहरु

थालासेमिया रोग र यसको उपचार

अल्ट्रासाउण्ड (Ultrasound) र यसका विशेषताहरू

झाडापखाला र यसको उपचार


डेंगू ज्वरोको कारण (Dengue Fever Causes)

१. डेंगू ज्वरोको सवैभन्दा ठूलो कारण मच्छेट हो ।
२. घरको आस पासमा पानी जम्नु ।
३. सक्रमित पानी र खाना खानु ।

डेंगू रोगको पहिचान

डेंगूको ज्वरो हो या अरू रोगको ज्वरो हो भन्ने कुरा जबसम्म जाँच नगर्दा सम्म भन्न गारो हुन सक्छ । तलको मापदण्डको आधारमा डेंगू ज्वरो हो या होइन भन्ने कुरा थाहा पाउन डाक्टरसंग परामर्श लिएर मात्र उपचार गर्न सहज हुनेछ ।

Like & Follow us on Facebook

मापदण्ड

१. कम्तीमा ३ दिन देखि उच्च ज्वरो आउनु

२. विरामीको रगतको परिक्षण गर्दा WBC Count गर्दा ४००० cells/cubic millimeter भन्दा कम भएमा

३. Platelets count १ लाख per microliter भन्दा कम भएमा डेंगु भए या नभएको थाहा हुन सक्छ । यसपछि (RDT) Rapid Diagnostic Tesk Kit बाट डेंगु भए या नभएको परिक्षण गर्न सकिनेछ । सो बमोजिम डेंगूको रोकथाम र उपचार सम्भव छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!