अचम्मको संसार

पूर्व राष्ट्रपतिकोबारे कविता लेख्नेलाई ६ महिनाको जेल सजाय

पूर्व राष्ट्रपतिकोबारे कविता लेख्नेलाई ६ महिनाको जेल सजाय ! प्राय गरेर कविता त कापीमा लेखिन्छ । तर कतिपय मानिसले आफ्नै लिंगमा कविता कोर्दा नराम्रोसँग कानूनको फन्दामा परेका छन ।  म्यानमारमा आफ्नो लिंगमा पूर्व राष्ट्रपति थेन सेनको बारेमा कविता लेख्ने एक युवकले ६ महिनाको जेल सजाय पाएका छन् । माउंग सौगखा नामका २४ वर्षीय ती युवकले आफ्नो लिंगमा टाटु खोपाएर पूर्वको बारेमा लेखेको भन्दै एउटा कविता सोसल मिडिया फेसबुकमा पोष्ट गरेका थिए ।

पूर्व राष्ट्रपतिको बारेमा लिंगमा कविता लेखेर फेसबुकमा पोष्ट गर्ने सौगखालाई पुलिसले पक्रेर मानहानीको मुद्धा चलाएको थियो । मानहानीको मुद्धामा उनलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । ६ महिनाको जेल सजाय सुनाइएपनि सौगखा अब जेल बस्नुपर्ने छैन । किनकी मुद्धा चालु रहेकै अवस्थामा उनले ६ महिना जेलमा बिताइसकेका छन् र उनको जेल भुक्तान भैसकेको हुँदा उनी रिहा हुँदैछन् ।

स्मरण रहोस् ५० वर्षको सैनिक सासनपछि म्यानमारमा गत नोभेम्बरमा भएको चुनावमा लोकतान्त्रिक दलले चुनाव जितेर अहिले लोकतान्त्रिक सरकार गठन भएको भएपनि त्यहाँ इन्टरनेटमा कडाइ गरिएको छ । गत वर्षमात्र फेसबुकमा पूर्व सेनाध्यक्षको मजाक उडाउने एक जनाले ६ महिना जेलको हावा खानु परेको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!