लेखहरु

नेपालको परिचय

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाललाई भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिएको थियो । हिमाल, पहाड र तराई यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरूलाई नेपालका प्रमुख नदी तथा पहाडहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। नेपालको लम्बाई करिब ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर छ भनिएको छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर देखिन्छ । यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशी, गण्डकी, र कर्णाली नदी तर प्रयोग विहिन छन् ।

पहाडी भूभाग १,००० देखि ४,००० मिटरसम्म उचांईका पर्वत पर्दछन् । पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो । पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ । हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृंखलाहरु पर्दछन् । यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटरमा अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् ।

कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ । नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो, जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ । नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन् । ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर, सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर, र आर्क्टिक क्षेत्र ४,४०० मिटर भन्दा माथि । नेपालमा पाँच ऋतुहरू छन् : उष्म, मनसून, अटम, शिषिर र बसन्त ।

Like & Follow us on Facebook

हिमालयले मध्य एशियाबाट बग्ने चिसो हावालाई नेपाल पस्नबाट रोकि दिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् । संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र तिब्बतको सिमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज (Ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण श्रृंखलामा पर्दछ ।

यो पनि पढनुहोस्

खै नेपालीको अन्तर्राष्ट्रिय पहिचान ?

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!