सूचना प्रविधि

मोबाइल फोनको मानव स्वास्थ्यमा असर

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तपाईं साथी खोज्न छोड्नुभयो होला किनभने तपाईको साथी मिनी मोबाइल भएको देखिन्छ । हजुरको सवै जवाफ हजुरको सानो साथीले दिएको छ यसैलाई भन्दछन् मोवाइल फोन र इन्टरनेटको माध्यमबाट हजुरको राम्रो साथी मोबाइल बन्न पुगेको छ भएन त आश्चर्यको कुरा ?

सबैभन्दा रोचक कुरा त सोधेको जस्तोसुकै कुराको जवाफ त्यो सानो साथी मिनी मोबाइल भएको छ । तर इस्टमित्र दाजुभाई दिदीबहिनीलाई मोबाइलको कारणले भुली सक्नुभयो यो नितान्त गलत देखिन थालेको छ । आउनुस् यस्तो कुलतबाट कसरी बच्ने भन्नेबारे जान्ने प्रयत्न गरौं ।

फोनको घण्टी बजेको छैन तर ध्यान मोबाइलतर्फ जानु भनेको मोबाइलको लत हो भन्दा खासै फरक छैन यो हजुरको लागि खतरनाक सावित हुन सक्छ । फोनमा अत्याधिक ध्यान दिनु पनि यो एक प्रकारको दिमागी रोग हो समयमा यसतर्फ ध्यान पुराउन नसके यसले नराम्रो अवस्था नल्याउला भन्न सकिदैन ।

मोबाइल फोनको लतले कालान्तरमा गएर अन्धोपन हुनुको साथै सोच्न सक्ने बानीलाई नष्ट गर्दछ । भुल्ने बानी यसै मोबाइलको असर हो भन्दा खासै फरक छैन । मोबाइल फोनको कारण टाउको दुख्ने, गर्धन दुख्ने रोगको साथै कमजोर नेत्र रोग लाग्नुको प्रमुख कारण मोबाइल भएको छ ।

मोबाइल कसरी चलाउने त सुचना आदानप्रदान र समय कटाउने राम्रो माध्यम नै मोबाइल भएको अवस्थामा आउने फोन र आफुले गर्ने फोनमा मात्र ध्यान दिन सकेको खण्डमा केही सीमासम्म यसबाट बच्न सक्ने देखिने भएको छ । आउनुस् मोबाइल फोनको लतबाट आफुलाई कसरी बचाउन सकिनेछ भन्ने कुरा जानौ।

Like & Follow us on Facebook

१. कुनै काममा व्यस्त हुनुहोस्, आजकाल सवै मोबाइलमा व्यस्त भएको देख्नु भएको होला । यसवाट बच्ने एउटा मात्र माध्यम भनेको बढी ध्यान मोबाइल तर्फबाट आफुलाई पर सार्नु हो ।

२. मोबाइलको काम भनेको केवल सुचना आदान-प्रदान गर्ने माध्यम हो । यदि हामीले यसलाई बढी प्रयोग गर्छौं भने यसले स्वास्थ्यमा समेत असर गर्ने देखिएको छ ।

३. नोटिफिकेशन्सलाई बन्द गरिदिनु होस् यसले तपाईको दिमागलाई मोबाइलतर्फ खिच्न रोक्नेछ ।

४. सोशल मेडिया एप्सको कारणले मानिसको ध्यान मोबाइलतर्फ बढी जाने हुन्छ । एक जना प्रयोगकर्ताले दिनमा २५ देखि १०० पटकसम्म सोशल मेडिया एप्स हेर्न पुगेको हुन्छ ।

५. सवैभन्दा राम्रो मोबाइलतर्फ कमसेकम ध्यान दिन सकेमा यसको आदतलाई हटाउन सकिनेछ । आज मोबाइलको कारणले गर्दा घट्नामा वृद्धि भएको छ ।

६. मोबाइलको असर सवैभन्दा बढी केटाकेटीहरूमा हुने हुनाले बच्चालाई मोबाइलबाट टाढा राख्नु नै सवैभन्दा राम्रो मानिएको छ ।

यो पनि पढनुहोस्

मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ?

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?

मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!