साहित्य-कला

शरदमा यस्तो भै दिए

यो शरदको पर्व यसै रमाएर आउँदा !
धरा मगमगाउँछ शरद यहाँ जगमगाउँदा !!

हरेक नेपालीको मनको उमड्गमा !
पहिले देश आउँछ अनि पो दशैँ छाउँछँ

देश सुन्दर होस र सम्बृद्द यो देश बनोस्;
हरेक नेपालीको मुहारमा यो शरद छाओस् !

झै झगडा एकादेशको कथा जस्तै बनि दिए;
हरेक पार्टी मिलेर एक ढिक्का अव बनि दिए !

कस्तो हुन्थ्यो हाम्रो देश रिस द्वैष हटिदिए !
देशका कुना काप्चासम्म नि जापान जस्तै बनि दिए !!

कसले गाली गर्थ्यो र युवाले रोजगारी पाइँ दिए;
हरेक उमेरका मानिसको यो देशमा सम्मान भै दिए !

श्रम यो देशमा पोखेर कर्मशील युवा भै दिए !
युवाको बल र अग्रजको ज्ञानले देशको निर्माण गरिदिए !!

 

शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!