मुख्य समाचार

सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकीलाई

१६ असोज, काठमाडौं । नोबेल पुरस्कार विश्वको सर्वोच्च पुरस्कार हो । सन् २०१७ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ। मानव शरीरले घाम उदाउँदा, आकाशमा रहँदा र अस्ताउँदा कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।

वैज्ञानिकहरू जेफरी हल, माइकल रोजब्यास र माइकल यङले मानव शरीरले काम गर्ने ‘सिकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका थिए । नोबेल पुरस्कार कमिटीका अनुसार उनीहरूको अनुसन्धानले मानव स्वास्थ्यका लागि ठूलो योगदान दिनेछ ।

उनीहरुको अनुसन्धानअनुसार मानव शरीर आफ्नै घडी (बायोलोजिकल क्लक)का आधारमा चल्छ र सोही कारण राति मानिसलाई निन्द्रा लाग्छ । बायोलोजिकल क्लकले मानिसको मुड, तापक्रम र विभिन्न हर्मोनको तहसमेत निर्धारण गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!