साहित्य-कला

मेरो नेपाल

यो नेपाल भूमि  मेरो सुखको कथा हो !

यो प्यारो देश मात्र घर एक मेरो हो !!

 

सुक्ख खोज्न जाऊँ हरपल म नेपालमा मात्रै !

रमौ म रमाऔँ मेरो प्यारो यो धरा मै !!

 

कुनै देश नहोस विश्वका मेरो जन्म भूमि झैँ !

कोहि मानिस नहुन जगतमा नेपाली सपुत झैँ !!

 

मेरो देशको माटो अव सँधै मगमगाओस् !

नेपालीको सम्मान जगतमा जगमगाओस !!

 

यो भूमिको पिडा हटेर टाढा जाओस् !

फर्केर यो भूमिमा अव त्यो पिडा नआओस् !!

 

यो हिमाली भूमि प्यारो यो पाहाडी भूमि !

यो तराइको विशाल अन्नको भण्डार भूमि!!

 

त्यी नेपाली जनता अनि त्यो सहिदको कथा !

जोगाउँ हामी मिलेर बनाऊँ एकताको कथा !!

 

धेरै पार्टि धेरै धर्म बाधक हुन् विकासका !

थोरै पार्टि एउटै ईश्वर मानौ हामी यो देशमा !!

 

कर्णाली र काठमाण्डौमा समानता होस् यो देशमा !

राजा रड्क समानताको रुप रहोस् हर प्रदेशमा !!

 

*शोभा खतिवडा काफ्ले लेखक, साहित्यकार, सामाजिक अभियन्ता तथा श्री शान्ति विद्यागृह उच्च मा. वि. लैनचौर; काठमाण्डौकी शिक्षिका हुनुहुन्छ । उहाँका राष्ट्रिय भावनाले ओतप्रोत भएका उत्कृष्ठ रचनाहरुले सच्चा देशभक्त नेपालीको मन जितेका छन । उहाँले साहित्यको माध्यमवाट देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको विषयमा निरन्तर कलम चलाउदै आउनु भएकी राष्ट्रिय कवयत्री हुनुहुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!