मुख्य समाचार

नेपालकी पुष्पा बस्नेत बनिन् सिएनएन सुपरहिरो

मंसिर २७, २०७३ । नेपालकी पुष्पा बस्नेत बनिन् सिएनएन सुपरहिरो ! नेपाली समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेत सिएनएन सुपरहिरोको उपाधि प्राप्त गरेकी छन्। सन् २०१२ मा उनले सिएनएन हिरोको उपाधि जितेकी थिइन् ।
प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्दैै आएकी उनी २०१२ मा सिएनएन हिरो घोषित भएकी थिइन् र ५० हजार डलर पुरस्कार प्राप्त गरेकी थिइन्। उक्त रकमको लगानीमा उनले उनले बुढानिलकण्ठ नजिकै बालबालिकाका लागि ‘पुतली घर‘ निर्माण गरेकी छन् । उनी र उनको संस्थाले विभिन्न कारणले कैदमा परेका अभिभावकका बालबालिकालाई काठमाडौंमा आश्रय र शिक्षा दिइरहेकी छन् ।
सोमबार बिहान भएको अवार्ड घोषणा कार्यक्रममा उपाधिसँगै पुष्पालाई ५० हजार अमेरिकी डलर नगद पुरस्कार समेत प्रदान गरिएको जनाइएको छ। अमेरिकी टेलिभिजन सिएनएनले सीएनएन हिरोको १० औं संस्करण पुगेको अवसरमा सिएनएन सुपर हिरो आयोजना गरिएको हो ।
यसअघि सिएनएन हिरो घोषित भई सिएनएन सुपर हिरोका लागि मनोनयनमा परेका पाँच जना अमेरिकाको न्यु अरलेन्स राज्यकी लिज म्याक कार्थी, फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, इन्डोनेसिया बालीकी रोविन लिम र अमेरिकाकै इस्ट मोलिन राज्यका चाड प्रेग्य्राकलाई पछि पार्दै उनी सुपर हिरो बनेकी हुन्। फेसबुक र ट्वीटरमार्फत भएको भोटिङका आधारमा सुपर हिरो छनोट गरिएको सिएनएनले जनाएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!