मुख्य समाचार

सन् २०१७ को नोबेल शान्ति पुरस्कार नर्वेली संस्थालाई

एजेन्सी, असोज २० सन् २०१७ को नोबेल शान्ति पुरस्कार नर्वेली संस्था इन्टरनेसनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आईसीएएन) लाई दिइने भएको छ । परमाणु हतियारहरुको कुनै पनि उपयोगको विनासकारी मानवतावादी परिणामहरु तथा त्यस प्रकारका हतियारहरुको सन्धि-आधारित निषेधलाई प्राप्त गर्नका लागि स्थलगत विष्फोटक प्रयासहरुमा ध्यान आकषिर्त गरेका कारण’ उक्त संस्थाले विश्वकै प्रतिष्ठित पुरस्कार पाएको हो ।

नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेस एन्डर्सनले उक्त पुरस्कार घोषणा गर्दै नौ लाख स्विडिस क्रोनरको यो पुरस्कार ओस्लोमा दिइने छ । सन् १९०१ यता एक सय ३० जना उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् । तीमध्ये सबैभन्दा कान्छी पाकिस्तानी नागरिक १४ वर्षीया मलाला युसुफजाईलाई सन् २०१४ मा प्रदान गरिएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply