स्वास्थ्य

प्लाष्टिकको झोला, कप प्रयोग गर्न प्रतिबन्ध नगरपालिकाहरु

प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निदेर्शिका-२०६८ ले कुनै पनि फर्म, कम्पनी वा व्यक्तिले २० माइक्रोन भन्दा कम मोटाटका प्लाष्टिक झोला उत्पादन, बिक्री र प्रयोग निषेध गरेको छ । प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका-२०६८ ले नेपालमा पनि ५ आर सिद्धान्तलाई लागू गर्न सुझाव दिएको छ । विश्वब्यापी रुपमा प्रयोगमा आएको प्लाष्टिकजन्य पदार्थको प्रदुषण कम गर्न ५ आर अर्थात रिडक्सन, रियुज, रिप्लेस, रिसाइकल र रिकोभरको सिद्धान्त नेपालमा तुरुन्त सवै नेपालीले प्रयोग गर्नु अहिलेको आवश्यकता हो । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी २०७२ वैशाख १ गतेदेखि काठमाडौ उपत्यकामा ४० माइक्रोन भन्दा कम तौलका प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको थियो । प्लाष्टिकको झोला, कप प्रयोग गर्न प्रतिबन्ध नगरपालिकाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

के हो प्लाष्टिक ? ४५० बर्ष कुहिन समय लाग्ने प्लाष्टिक बोतलको प्रयोग नगरौ

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

१. २०७१ श्रावण १ गतेपछि तानसेन नगरमा क्रियाशील राजनीतिक दलको बोर्ड बैठकसहित स्थानीय विकास मन्त्रालय वातावरण विभागका कर्मचारीहरुको सहभागितमा भएको छलफलमा नगरपालिकाको कार्यालय भित्र जुनसकै जोसुकैको कार्यक्रममा पनि चिया वितरण गर्दा प्लाष्टिकको गिलास प्रयोग गर्न बन्देज लगाउने निर्णय गरेको हो ।

२. कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले नगर क्षेत्रमा प्लाष्टिकका कप गिलास प्रयोगमा २०७५ साल माघ १ गतेदेखि पूर्णरुपमा प्रतिबन्ध लागेको छ ।

३. सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले २०७४ साल माघ १५ गतेदेखि लागु हुने गरी दुधौली नगरपालिकाक्षेत्र भित्र सम्पूर्ण किसिमका प्लाष्टिक झोला तथा प्लाष्टिक कप आयात, भण्डारण बिक्री वितरण र प्रयोगमा पुर्ण रुपमा प्रतिबन्ध गरी सम्पूर्ण ब्यबसायी तथा उपभोक्ताहरुले कपडा र जुटको झोला तथा पेपर कपको प्रयोग गर्न सुझाव दिएको छ ।

Like & Follow us on Facebook

४. २०७३ कार्तिक २४ गतेदेखि प्लाष्टिकका झोला र गिलास पोखरामा निषेध गरिएको छ ।

५. संसदको बातावरण संरक्षण समितीले २०७१ भदौ ९ गते सरकारलाई प्लाष्टिक झोला मुक्त गर्न र बिकल्प दिन निर्देशन दिएपछि विज्ञान, प्रविधी र वातावरण मन्त्रालयको अगुवाईमा काठमाण्डौ उपत्यका २०७२ बैशाख १ गतेबाट प्लाष्टिक झोलामुक्त घोषणा गरि सकिएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!