स्वास्थ्य

प्लाष्टिकको कपमा चिया पिउँदा स्वास्थ्य पुग्ने हानीहरु

१. प्लाष्टिकको कपमा चिया पिउनु त मन्द खतरानक बिष नै पिए जस्तो हो । क्यान्सर विशेषज्ञ अनुसार प्लाष्टिक जब तातो पदार्थको सम्पर्कमा आउँछ तब बिसफिनल ए (बीपीए) का पग्लन थाल्छ । यसको लगातार लामो समयसम्म सेवनबाट गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर र पुरुषमा प्रोस्टेट क्यान्सर गराउंछ ।

२. प्लाष्टिकको कपमा चिया पिउने र प्लाष्टिकको भाँडामा खानेकुरा वा कुनै पनि तातो पदार्थ खाँदा बीपीए (बिसफिनल ए) नामको रसायनिक तत्व निस्कने गर्दछ । जसले पुरुषलाई नपुंसक बनाउने गर्दछ । गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर गराउंछ । यसले दिमागमा पनि प्रभाव पार्दछ । जसले गर्दा हृदयघातको खतरा समेत बढ्छ । बच्चाहरुमा मोटोपनाको समस्या समेत देखिन सक्ने पनि उक्त अध्ययनमा बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्लाष्टिक पर्यावरण र जनस्वास्थ्य

प्लाष्टिकको झोला, कप प्रयोग गर्न प्रतिबन्ध नगरपालिकाहरु

के हो प्लाष्टिक ? ४५० बर्ष कुहिन समय लाग्ने प्लाष्टिक बोतलको प्रयोग नगरौ

प्लाष्टिक प्रयोग घटाउने जनचेतनामूलक कार्यक्रम कामपाका ३२ वटै वडामा गर्नुपर्ने – पूर्वमन्त्री शाह

बिसफेनोल (ए)

बिसफिनोल ए एक ओर्गेनिक कृतिम यौगिक हो । यो एक रङहीन ठोस पदार्थ हो जुन ओर्गेनिक घोलकहरुमा घुलनशील छ भने पानीमा हल्का घुलनशील छ । प्लास्टिकको गिलासमा तातो चिया वा पानी पिउनु मानव स्वाथ्यको लागि घातक मानिएको छ । एक अध्ययनका अनुसार प्लास्टिकको गिलासमा तातो पानी वा चिया पिउँदा बिसफेनोल ए (BPA) नामक रसायनिक पदार्थ निस्कने गर्दछ जुन मानव स्वास्थ्यको लागि हानिकारक मानिएको छ ।

सूर्यको किरणले गर्दा तातेर पलाष्टिकको बोतल वा गिलासमा रहेको बिसफेनोल ए रसायन पानीमा मिल्न जान्छ । यसले मानव स्वास्थ्यलाई नोक्सानी पुर्याउने भएकाले तपाईले पलाष्टिकको बोतल वा गिलासलाई सूर्यको किरणबाट बचाउनुपर्ने हुन्छ । यूरोप र अमेरिकामा सन् २००९ देखि नै बिसफेनोल एको प्रयोग गरिएको प्लास्टिकको खेलौना र बच्चाहरूको लागि प्रयोग गरिने टिफिन बट्टाहरूमा प्रतिवन्ध लागि सकेको छ तर दुर्भाग्यवस नेपाल जस्तो विकासोन्मुख मुलुकमा भने यस सम्बन्धी जनचेतनाको अभाव छ । अहिलेका २० लिटर जाने पानीका जार यिनै पोलिकार्बोनेटेड केमिकलले बनेका छन्, जहाँ तातो वा चिसो पानी राखियो र खाइयो भने त्यो ज्यादै खतरनाक बन्न सक्छ ।

Like & Follow us on Facebook

बिसफेनोल (ए) ले के असर गर्छ ?

बातावरणीय स्वास्थ्य दृष्टिकोण अनुसन्धान पत्रमा प्रकाशित लेख अनुसार बिसफेनोल (ए) ले गर्ने असरहरु :

१. गर्भवती महिलालाई ब्रेस्ट क्यान्सर गराउंछ

२. पुरुषमा प्रोस्टेट क्यान्सर गराउंछ

३. मानब मस्तिष्कको आकार-प्रकारमा क्षति गर्छ

४. क्रोध र तनाब पैदा गर्छ

५. शरीरमा बोसोको रसायनिक परिवर्तनमा कमी ल्याउछ

६. रोग प्रतिरोधात्मक क्षमतामा हृास ल्याउछ

७. प्रजनन शक्ति कमजोर बनाउछ

८. पाचन थैलीमा इन्सुलिनको मात्र बढाउछ

९. केटाकेटीहरुको एकाग्रतामा क्षति गर्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!