स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर र यसको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारकतत्त्व हो।

यो पनि पढ्नुहोस्

पाठेघरको मुखको क्यान्सर र यसको उपचार

क्यान्सरका कारक तत्वहरु

महिलाहरुले स्वस्थ रहन अपनाउनुपर्ने १० सुझावहरु

क्यान्सर लाग्न नै नदिने फलफुल र तरकारीहरु

के हो क्यान्सर ? यसको उपचार कसरी गर्ने ?

क्यान्सर र यसको उपचार

महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने भएकाले पाठेघरको क्यान्सरबाहेक योनिको क्यान्सर, योनिद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि विद्यमान छन्। चेतनाको अभाव, आर्थिक-सामाजिक अवस्था तथा लाजका कारण धेरै महिलाहरू नियमित रूपमा प्रजनन प्रणालीको जाँच गर्दैनन्, जसले गर्दा उपचारको प्रभावकारतिा कम र मृत्युदर बढी हुन्छ।

रोकथाम

१. नियमित स्वास्थ्य परीक्षण गर्ने ।
२. तौल घटाउने ।
३. सन्तुलित आहारको सेवन गर्ने ।
४. कम चिल्लो र बढी रेसायुक्त खाना खाने ।
५. धुम्रपान नगर्ने ।
६. नियमित व्यायाम गर्ने ।
७. तल्लो पेटको संक्रमण समयमै उपचार गर्ने ।
८. स्वस्थ, मर्यादित एवं सुरक्षित यौन अभ्यास गर्ने ।
९. अवैज्ञानिक उपचारमा समय नष्ट गरेर सुरुको अवस्थालाई गम्भीर अवस्थामा नपुर्‍याउने ।
१०. चिकित्सकको सल्लाह अनुरूप पाठेघरको शल्यक्रिया गरी हटाउने ।

Like & Follow us on Facebook

उपचार

सवैभन्दा पहीलो उपचार भनेको स्वास्थ्यमा ध्यान दिनु र योग्य अनुभवी चिकित्सकसंग समय समयमा पाठेघर जाँच गराउनुपर्छ । सफाईमा ध्यान दिने, पौष्टिक आहारको सेवन गर्ने ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!