खानपान

कस्तो चिया पिउनु ठिक र कस्तो बेठिक ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

चियाको स्वाद नलिने सायद को होला ? आजकाल कालो चिया खानेको संख्या ह्वात्तै बढेको देखिन्छ । यसको ठोस कारण हो सेतो चियाको प्रयोग बढी गर्नाले ग्यास्ट्रिक तथा पत्थरी बन्ने कुराको जानकारी भएर हो । स्वास्थ्यको दृष्टिकोणले सेतो चिया भन्दा रातो चियाले धेरै फाइदाजनक भएको छ ।

दूध चिया भन्दा कालो चिया फाइदाजनक हुने गर्छ । अहिले जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइहाल्यो । तर, चियामा सबैको रोजाई एकै हुँदैन । कोहि कालो चियाका त कोहि दूध चिया मन पराउँछन् । मेरो रोजाइमा पनि कालो चिया नै बढी मन पर्छ ।

अझ स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ ।

कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्ति समेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ । कतिपय अवस्थामा दिनहुँ पिउने चिया हाम्रो स्वास्थ्यको लागि कति खतरनाक हुन्छ भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ।

आजकाल चिया तातो तातो नभए के चिया पिउने भन्ने कुरा सबैको छ । तर हालै संयुक्त राष्ट्रसंघको क्यान्सरसँग सम्बन्धित इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले गरेको अनुसन्धानमा धेरै तातो चिया पिउनु स्वास्थ्यको लागि निकै खराब हुने बताएको छ ।

अनुसन्धानमा तातो चिया पिउदा पिउने व्यक्तिको खाना नलीमा क्षति पुग्ने बताइएको छ । यो अनुसन्धान ती देशहरुमा गरिएको थियो, जँहाका मानिसहरु तातो चिया बढी पिउने गर्दछन् । अनुसन्धानका अनुसार ६५ डिग्री सेल्सियस भन्दा बढी गरम पदार्थ पिउदा खाना नलीमा असर गर्दछ, जसको कारण खाना नलीमा क्यान्सर हुन् सक्ने अनुसन्धानले देखाएको छ ।

तातो चिया नपिउदासम्म मजा नआउने चिया पारखीको सोच छ । चाहे जेहोस तातो प्येय पदार्थ होस या खाना खादा स्वास्थ्यलाई ध्यान दिने बानी बसालौ भन्ने हाम्रो सुझाव छ । कुनै पनि तातो चिजले छाला डडाउन सक्छ । हामीले तातो तातो पदार्थको सेवन गर्दा पहिले जिब्रोलाई हेर्छौं तर भोजन नलिलाई हेर्दैनौ यो कमजोरीलाई हामीले हटाउनुपर्छ ।

नोट : चिया पिउदा होस् या जुनसुकै बस्तु सेवन गर्दा तातो सेवन नगर्नुस यसले क्यान्सर हुन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

प्लाष्टिकको कपमा चिया पिउँदा स्वास्थ्य पुग्ने हानीहरु

सेतो चिया पिउनुका बेफाइदाहरू

नियमित कालो चिया पिउनुका फाइदाहरु

जाडोमा अदुवा हालेको चिया पिउनुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!